Birat Post सोमबार, भाद्र २८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,२८ भदौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए ।

भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको संक्रमण देखिएको छ । उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका संक्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ ।

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । संक्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ । यस्तै संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ । उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ । यो रोग बढी संक्रामक पनि हुने गरेको छ ।

निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ । मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ ।

विश्वस्वास्थ्य सङ्गठन डब्लुएचओले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । उनले रोगको लक्षण देखिएमा उपचार गरिने बताउनुभयो । संक्रमणको लक्षण देखिनासाथ नजिकै स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ ।

के हो निपाह भाइरस 

निपाह भाइरस सन् १९९९ मा पत्ता लागेको एक खतरनाक भाइरस हो । टेरोपस प्रजातिको चमेरामा पाइने यो भाइरस चमेराबाट घरपालुवा सुँगुर र बङ्गुरमा सर्दछ, भने संक्रमित सुँगुर वा बङ्गुरले मानिसमा सार्ने गर्दछन् । त्यस्तै टेरोपस चमेरोले टोकेको फल मानिसले खाएमा वा उक्त चमेरोको दिसा, पिसाव वा र्‍याल मानिससम्म आइपुगेमा पनि यो भाइरस सर्ने वरिष्ठ सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले जनाएका छन्।निपाह भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सजिलै सँग सर्ने गर्दछ ।

संक्रमितलाई स्याहार गर्ने र नजिकमा रहने व्यक्तिहरुमा यो संक्रमण धेरै सर्ने सम्भावना रहन्छ। । सन् २००१ मा भारतको सिलिगुढीमा फैलिएको निपाह भाइरस सर्नेमध्ये ७५ प्रतिशत बिरामीका आफन्त र स्वास्थ्यकर्मीहरु रहेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । त्यस्तै संक्रमित सुँगुर, बङ्गुर फार्ममा काम किसानहरुलाई निपाह भाइरसको संक्रमण हुने गरेका छन्। यो भाइरस मानिसको शरीररमा अत्यन्तै छिटो फैलिने र श्वासप्रश्वासको माध्यमबाट नसा हुँदै स्नायु रक्तसञ्चार प्रणालीसम्म असर पुर्‍याउछ। विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस संक्रमणको कोही व्यक्तिमा साधारण र कोहीमा श्वासप्रश्वास सम्बन्धी गम्भीर लक्षण देखिन सक्छ। सामान्यतया यो भाइरसको संक्रमणपछि ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, वाकवाकी लाग्ने र टन्सिलाइटिस जस्ता लक्षणहरु देखा प्रर्दछन्। त्यस्तै रिंगटा लाग्ने, बेहोस हुने, श्वासप्रश्वासमा समस्या देखिनेसँगै निमोनिया, इन्सेप्लाइटिससमेत हुन्छ। निपाह भाइरस संक्रमणको लक्षण मानिसको ४५ दिनसम्ममा देखिनसक्ने हुन्छन्।

सन् १९९९ मा मलेसियामा पहिलोपटक देखा परेको निपाह भाइरसले १ सय जनाको ज्यान लिएको थियो भने ३ सयजना संक्रमित भएका थिए । निपाह भाइरसको संक्रमण फैलिएपछि सो समयमा करिब १० लाख सुँगुरहरु मारिएको थिए। त्यसयता सन् २०२१ मा बंगलादेशमा यो भाइरस देखिएको थियोभने कम्बोडिया घाना, इन्डोनेसिया लगायत भारतमा पनि पटक पटक देखिएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

भारतमा पहिलोपटक सन्२००१ मा भारतको पश्चिम बंगाल राज्यस्थित सिलिगुडीमा ६६ जनामा यो भायरस पुष्टि भएको थियो ।त्यसयता सन् २००८ र २०१८ मा भारतका विभिन्न राज्यहरुमा यो निपाह् भाइरसको संक्रमण फैलिएको थियो । निपाह भाइरसको संक्रमितको मृत्यु हुने सम्भावना ४० देखि ७५ प्रतिशतसम्म रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यो संक्रमणको हालसम्म जनावर र मानिस दुवैमा कुनै उपचार तथा खोप विकास भएको छैन , संक्रमित फार्म तथा घरपालुवा जीवको सम्पर्कमा अरुलाई आउन नदिनु र त्यस्ता क्षेत्रमा मानिसको आवतजावत बन्द गर्नु नै निपाह भाइरसको संक्रमणबाट जोगिने उपाय भएको संगठनले जनाएको छ । साथै संगठनले निपाह भाइरस संक्रमणलाई तत्काल अनुसन्धान गर्नुपर्ने रोगको प्राथमिकतामा राखेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल