Birat Post बुधबार, भाद्र ३०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,३० भदौ ।

के तपाई मोवाइल या एटिएमबाट कारोबार गर्दै हुनुहुन्छ ? त्यसो हो भने अव अझ सहज हुने भएको छ । विद्युतीय माध्यमबाट गरिने कारोबार केही सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्कमा केही हेरफेर र रेट तोकिदिएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई १० रुपैयाँदेखि ३० रुपैयाँसम्म अधिकतम शुल्क लिनसक्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा रकम पठाउन चाहनेले २० रुपैयाँ शुल्क तिर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार ५० हजारभन्दा माथि एक लाख रुपैयाँसम्म २० रुपैयाँ र एक लाख रुपैयाँभन्दा माथि ३० रुपैयाँ शुल्क लाग्नेछ। यसअघि बैंकहरुले मोबाइल बैंकिङको प्रयोगबाट अर्को बैंकको खातामा रकम पठाउँदा,झिक्दाको शुल्क आफुखुसी निर्धारण गरेका थिए। आफुखुसी रकम निधारण गर्दा आम सेवाग्राही ठगिदै आएका थिए ।

राष्ट्र बैंकले एक बैंकको कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट रकम निकाल्दा प्रतिमहिना दुई पटकसम्म निशुल्क कारोबार गर्न सकिने व्यवस्थालाई निरन्तरता दिएको छ। यस्तै बैंकहरुले प्रतिकारोबार २० रुपैयाँभन्दा बढी लिन पाउने छैनन्। कोरोना रोकथाम तथा नियन्त्रणका बेला राष्ट्र बैंकले अन्तरबैंक एटीएम प्रयोगको शुल्क नलिन निर्देशन दिएको थियो।

प्रतिकारोबार २५ रुपैयाँदेखि एक सयसम्म शुल्क लिने गरेका बैंकहरुले अब भने अधिकतम २० रुपैयाँमात्रै लिन पाउने राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंकहरुले विद्युतीय कारोबारमा लाग्ने शुल्कको जानकारी पनि वेवसाइटमै राख्नुपर्नेछ। कम्तिमा ६÷६ महिनामा शुल्कबारे अपडेट गराउन राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ।

सम्बन्धित

ताजा अपडेट
‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’
रवीन्द्र मिश्रमाथि थपियो आपराधिक उपद्रको मुद्दा
राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन घोषणा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल