Birat Post बिहिबार, भाद्र ३१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,३१ भदौं ।
चीनसँग सामना गर्नका लागि अमेरिका, बेलायत र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् । विकसित सुरक्षा प्रविधि एकअर्कामा साझा गर्नका लागि तीन देशले सम्झौता गरेका हुन् । सहकार्यसम्बन्धी यो सम्झौतासँगै अस्ट्रेलियाले परमाणु क्षमतायुक्त सबमरिनको विकास गर्ने भएको छ ।

ओकस नाम गरेको सहकार्यसम्बन्धी सम्झौताभित्र आर्टिफिसिअल इन्टिलिजेन्स, क्वान्टम टेक्नोलोजिज् र साइबर सुरक्षा पनि समेटेको छ । चीनको बढ्दो शक्ति तथा इन्डो–प्याशिफिक क्षेत्रमा उसको बढ्दो सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित छन्। सोही चिन्ताको परिणामस्वरुप सहकार्य सम्झौता भएको हो। सम्झौताअनुसार अस्ट्रेलियाले फ्रान्सेली मोडलको सबमरिन बनाउने भएको हो।

अस्ट्रेलियन नौसेनाका लागि १२ वटा सबमरिन बनाउनेसम्बन्धी ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का सन् २०१६ मा फ्रान्सले पाएको थियो । तर धेरै स्रोतहरु स्थानीय रुपमा व्यवस्थापन गर्नुपर्ने भएकाले सो परियोजनामा ढिलाइ भएको थियो ।

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले संयुक्त वक्तव्य जारी गरेर नयाँ सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकस घोषणा गरेका हुन् । ओकसअन्तर्गतको पहिलो प्रयासअनुसार अस्ट्रेलियन नौसैनिकलाई परमाणु क्षमताले युक्त सबमरिन बनाइने उल्लेख छ ।

  • देश सञ्चार डट.कम बाट

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल