कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवा सुरु

विराटनगर , ३ बैशाख । मोरङको बेलबारी नगरपालिका ३ मा रहेको कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवाको शुभारम्भ गरिएको छ । आइतबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा ल्याव परिक्षण सेवा ...

पत्रकार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सम्मानित

विराटनगर,२ बैशाख / नेपाली कांग्रेस विराटनगर १२ नम्बर वडा समितिले कवि एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । वडाका बासिन्दा नवोदित नेपाल प्रेस युनियनको कोशी प्रदेश अध्यक्षमा निर्वाचित भएकाले सम्मान गरिएको वडा सभापति हरिनारायण ...

इलाममा भागदौड मच्चिदा एक दर्जन भन्दा बढी मानिस घाइते

इलाम,२ बैशाख । नयाँ वर्षको अवसरमा इलाम सदरमुकाममा भएको कार्यक्रममा अत्यधिक भिडका कारण भागदौड मच्चिँदा १२ जनाभन्दा बढी घाइते भएका छन् । सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र साङ्गीतिक कार्यक्रममा भिडमा मानिसहरू च्यापिएपछि भागदौड मच्चिँदा उनीहरू घाइते भएका हुन् ...

१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  विरानगर,२८ चैत । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि मोरङको बुढीगंगा गाउँपालिस्थित टंकीसिनवारीको जनप्रिय माविमा सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ...

सुर्तीजन्य पदार्थ सेवन निषेध गर्ने महानगरको तयारी स्वागतयोग्य , बिहीबार सचेतनामूलक र्‍याली निकालिने

विराटनगर,२८ चैत /सुर्तीजन्य पदार्थ सेवन निषेध गर्ने महानगरको तयारी स्वागतयोग्य भएको भन्दै सरोकारवालाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छ । वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने अभियान सफल बन्नेमा महानगर आशावादी रहेको छ । महानगरले ...

जिपी कोइराला स्मृति हक्की: उपाधिका लागि आज आर्मी र पुलिस भिड्ने

विराटनगर,२७ चैत ।  दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौँथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन्। फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा बेलुकी ६ बजेबाट सुरु हुनेछ । आइतबार ...

पत्रकार कल्याण कोष मोरङद्वारा दुईजना पत्रकार पुरस्कृत तथा सम्मानित

विराटनगर,२७ चैत । पत्रकार कल्याण कोष मोरङले विराटनगरका दुईजना पत्रकारहरुलाई सम्मानित गरेको छ । ५१ हजार राशिको सृजनशील पत्रकारिता पुरस्कार बाट उद्घोष दैनिकका समाचार संयोजक तथा बीबीसी नेपाली सेवाका विराटनगर संवादाता विक्रम निरौला र ३१ हजार राशिको उदयमान पत्रकारिता पुरस्कारबाट ...

नक्कली नोटसहित एक युवा पक्राउ

सर्लाही ,२६ चैत । सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन् । सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो । बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट ...

विराटनगरका शताब्दी पुरूष नारायणप्रसाद रेग्मीको निधन

विराटनगर,२५ चैत । एक सय बर्ष सम्म मानिसहरु विरलै बाच्ने गर्दछन् । यसमा पनि १ सय वर्ष पार गरेर पनि यस धराधाममा रहिरहन कठिननै छ । यद्यपी केही मानिसहरुले यो रेकर्ड कायम गर्न सफल पनि छन् । यस्तै विराटनगरका शताब्दी ...

साहित्यकार बरालको चौथो कृति ‘प्रतीकवाद’ विमोचन

विराटनगर,२५ चैत/ साहित्यकार हरिप्रसाद बरालद्वारा लिखित ‘प्रतीकवाद’ कृतिको आज विमोचन गरिएको छ । विराट साहित्य संगम विराटनगरले आयोजना गरेको कार्यक्रममा साहित्यकार बरालको चौथो कृतिका रुपमा प्रकाशित ‘प्रतीकवाद’को विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका वरिष्ठ समालोचक प्रा.डा. गोपालप्रसाद ...

पुरुष हक्की प्रतियोगिता : सुदूरपश्चिम र पुलिस विजयी

विराटनगर, २४ चैत । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् । विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३–१ गोलमा पराजित गरेको ...

आयोजकलाई हराउँदै दमक सेमीफाइनलमा प्रवेश

इलाम,२४ चैत । घरेलु टिम देउराली स्र्पोटिङ क्लबलाई हराउँदै दमक फुटबल एकेडेमी तेश्रो सन्दकपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा देउरालीलाई टाइब्रेकरमा ४—२ गोल अन्तरले हराउँदै दमकले अन्तिम ४ मा स्थान बनाएको हो । निर्धारित समयमा दुवै ...

विराटनगरमा नेपाली बेहुली जुत्ता बनाउने तालिम दिइदै

विराटनगर,२४ चैत । विराटनगर वडा न.८ का महिलाहरुलाई नेपाली बेहुली जुत्ता चप्पल बनाउने सीपमूलक तालिम दिन थालिएको छ । अम्बे मुरारी सेवा केन्द्रद्धारा आयोजित १५ दिने तालिममा वडाका ३० जना महिलाहरु सहभागी रहेका छन् । घरेलु सामानको माध्यमबाट बेहुली जुत्ता ...

सनातन धर्म,संस्कृति सरंक्षण र प्रवर्धनमा लागिरहने सांसद भीम पराजुलीको उदघोष

विराटनगर,२३ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले धार्मिक क्षेत्रको सरक्षण र प्रवर्धनका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन् । हनुमानजयन्तिका अवसरमा आज मोरङका विभिन्न क्षेत्रमा भएका कार्यक्रमहरुमा बोल्दै उनले यस्तो बताएका ...

भाषा धर्म, संस्कृति र कलाको संरक्षण आवश्यक : मेयर कोइराला

  विराटनगर,२३ चैत । विराटनगर महानगरका मेयर नागेश कोइरालाले भाषा धर्म, संस्कृति र कलाको संरक्षण गर्नुपर्ने बताएका छन् । हनुमान जयन्तीको अवसरमा विराटनगर स्थित श्रीराम दरबार एवं पन्चमुखी हनुमान मन्दिरद्धारा आयोजित सन्ध्याकालिन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ...

पत्रकार कल्याण कोषले पत्रकार निरौला र सरदारलाई पुरस्कृत गर्ने

विराटनगर ,२३ चैत । पत्रकार कल्याण कोष मोरङले यस बर्षको सिर्जनशिल र उदीयमान पत्रकारीता पुरस्कार पाउने पत्रकार छनौट गरेको छ । हरेक दुइ बर्षमा प्रदान गरिदै आएको सिर्जनशिल पत्रकारिता पुरस्कार उदघोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली सेवाका संवाददाता विक्रम ...

मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ

मोरङ, २३ चैत्र । मोटरसाईकल चोरीमा संलग्न तीन जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवान्गजन गाउँपालिका – ३ सुनसरीका १८ बर्षीय राजकुमार यादव, भारत अररिया लक्ष्मीपुरका २५ बर्षीय सुशिल कुमार यादव र भारत पोसदाह पंचायतका २५ बर्षीय शौरभ ...

सुन तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार

काठमाडौँ,२३ चैत । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजावी ...

जिपी कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता विराटनगरमा सुरु

विराटनगर ,२२ चैत । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता विराटनगरमा सुरु भएको छ । नेपाल हक्की संघको आयोजनामा भएको खेलको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए । खेलमा ७ वटा टिमले सहभागिता जनाउने संघका अध्यक्ष ...

विश्व अटिजम जागरुकता दिवसमा जनचेतनामूलक र्‍याली

विराटनगर,२० चैत । विश्व अटिजम जागरुकता दिवसको अवसरमा अनमोल स्पेशल स्कुल विराटनगरले जनचेतना र्‍यालीको आयोजना गरेको छ । अटिजम भएका बालबालिकाहरुका लागि शिक्षा र उपचारको सानो प्रयासले उनीहरुको जीवनमा सहज हुने भन्दै जनचेतनामूलक र्‍यालीको आयोजना गरिएको स्कुलको अध्यक्ष अचर्ना पोखरेलले ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल