Birat Post बिहिबार, चैत्र २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मोरङ, २३ चैत्र ।
मोटरसाईकल चोरीमा संलग्न तीन जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवान्गजन गाउँपालिका – ३ सुनसरीका १८ बर्षीय राजकुमार यादव, भारत अररिया लक्ष्मीपुरका २५ बर्षीय सुशिल कुमार यादव र भारत पोसदाह पंचायतका २५ बर्षीय शौरभ कुमार यादव रहेका छन ।

गत फाल्गुन १० गते बिराटनगर- ७ स्थित सडक साईडमा पार्किङ गरी राखेको बेलबारी ४ का बम बहादुर खवासको नाममा रहेको को २५ प १९४५ नम्वरको मोटरसाईकल चोरी गरी भारतीय नम्बर BR35802 लेखी चलाउदै गरेको अवस्थामा साथै आवश्यक कागजात नभएका BR38Q8656 र BR38T0021 नम्बरको भारतीय नम्बर प्लेट भएका मोटरसाईकल सहित उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका तीनै जनाको मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल