Birat Post आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

-काैशल निराैला

जन्तीले गडबड गर्दा हुने गरेका झैझगडा र हिंसात्मक अवस्थामा पुगेका घटना हाम्रै समाजमा घटेका छन् । बेहुला पक्ष र बेहुली पक्षमा हुने सामन्य झगडाले निम्ताएका परिस्थितिका समाचार म आफैले देखेको र लेखेको पनि छु । अहिले याे आलेखकाे प्रसङ्ग बेहुला र जन्ती झगडा संग नभइ आसन्न स्थानीय तह निर्वाचन संग सम्बन्धित छ । विभिन्न दलवाट उम्मेदवारहरू बन्नु भएको छ । मत माग्न घर-घरै जाने क्रम पनि बढेको छ । उम्मेदवार आफैमा काेहि पनि नराम्रो हुनुहुन्न । किनकि सामाजिक छवि नबनाई राजनीतिमा जाने मुर्खता जाे काेहिले गर्दैन । यद्यपि उम्मेदवार संग हिड्ने र संयाेजन गर्ने मानिस कस्तो छबिकाे छ त्यसमा भने ठूलो माने राख्छ ।

उम्मेदवार भनेको बेहुला हाे भने उ संग हिड्ने मानिस जन्ती हुन् । जन्तीले गर्ने ब्यवहार राम्रो भएन भने दुर्घटनानै हुन्छ । बेहुलालाई याे सव कुरा थाहां नभए जस्तै उम्मेदवारलाई पनि याे सव कुरा थाहा नहुन पनि सक्छ ।

चुनावमा उम्मेदवारकाे खास -खास मान्छे काे हाे ,उ कसरी परिचालनमा खटिएको छ , उसकाे हिजाे,आजकाे छबि कस्तो हाे ? याे सवै कुरा स्वयं उम्मेदवारका पार्टीका मान्छे र मत दिने जनताले नजिक बाट नियाली रहेको हुन्छ । ती नजिकका मान्छेले गर्ने ब्यवहार र ब्यबस्थापन अत्यन्तै महत्त्वपूर्ण हुन्छ । अर्थात् उम्मेदवार भनेको बेहुला हाे भने उ संग हिड्ने मानिस जन्ती हुन् । जन्तीले गर्ने ब्यवहार राम्रो भएन भने दुर्घटनानै हुन्छ । बेहुलालाई याे सव कुरा थाहां नभए जस्तै उम्मेदवारलाई पनि याे सव कुरा थाहा नहुन पनि सक्छ । अझ उम्मेदवारका नजिकै भनिएका मानिसहरू अभद्र र अव्यावहारिक भए भने त्यसकाे असर स्वतह पर्नेमा कुनै तर्क गर्नु परेन ।

अहिले मैले उम्मेदवारका हकमा देखेका कुरा पनि यहीँ हाे । याे कुरा अधिकांश उम्मेदवारले नजरअन्दाज गरेको विषय हाे । चुनाव भनेको अझ प्राबिधिक बिषय हाे । यसमा मतदाताले भाउ खाेज्ने बेला पनि हाे । कार्यकर्ताले दाउपेच गर्ने समय हाे । चित्त नबुझ्नेहरूका लागि बदला लिने सुवर्ण अवसर पनि हाे । यति कुरा बुझे पछि उम्मेदवारले एक पटक साेच्न जरूरी हुन्छ । त्यस्ता ब्यक्ति काे हुन् त? त्याे पहिचान गर्न पनि असहज छ । तर यसकाे लागि छुट्टै संयन्त्रकाे प्रयाेग र पहिचान गर्न आवश्यक छ । याे उम्मेदवार स्वंयले अनुभुति गरेर हिड्न जरूरी छ ।
उम्मेदवारकाे लागि भनेर भाेट माग्दै हिडेका मानिस खास- खास भएन भने भाेट बढ्ने हाेईन आउन लागेको भाेट खेएर जान सक्छ । बादल लागेर पानी पर्ला- पर्ला जस्तो भएर पानी नपरे जस्तो ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल