कौशल निरौला
हरेक चिया चोकहरुमा एउटा-एउटा विषयवस्तुले स्थान पाउछ । विराटनगरमा आज दिनभरको चिया चोके गफ थियो भीम पराजुलीको ४ तले घर कहाँ छ ? सन्चारमाध्यमले फैलाउन सक्ने भ्रम मध्येको एउटा भ्रम थियो माननीय पराजुलीले विराटनगरमा ४ तल्ले घर हुदा हुदै प्रदेश सभाबाट घरभाडा बापतको रकम बुझ्छन् र विराटनगरको वडा नम्बर- ३ मा अवस्थित आफ्नो घरलाई भाडामा समेत लगाउँछन् । बास्तवमा यी सवै कुरा गलत हुन् ।
बास्तविकता चाहि यो हो की विराटनगरमा उनको घर कही कतै छैन । घरनै नभएपछि भाडा लगाउने कुरै आएन । यस स्तम्भकारलाई पनि यस विषयले निकै खस -खस गरायो । स्वयं सांसद पराजुलीलाईनै भेटेर यसवारे मैले जिज्ञासा राखे । विराटनगर पोखरियामा- ३ मा उनको १ कठ्ठा जग्गा रहेछ । पैत्रिकरुपमा आएका केही जग्गाहरु बेचेर उनले शैक्षिक तथा होटल व्यवसायमा पाटनर्रसिपमा लगानी गरेका रहेछन् । उनी उनैका दाजुको घरमा घरभाडा तिरेर बसिरहेका छन् । भएको जग्गा पनि चुनावमा उठ्दा बैङमा राखिएको रहेछ । त्यो अहिले पनि उकास्न सकेका रहेनछन् । श्रीमतिका नाममा दाइजो आएको कुरा चलाउने विषयनै भएन । यो सन्दर्भ यसमा जोड्न आवश्यक पनि रहेन ।
यद्यपी भीम पराजुली परिस्थिती विग्रिएका मानिस भने होइनन् । पैत्रिक सम्पत्तिकारुपमा पाएको कुरालाई उनले सदुपयोग गरेका छन् । सानै उमेर देखि आय हुनेनै स्थानमा लगानी गरेका कारण खासै ठूलो समस्यामा पनि छैनन् । कतिपय लगानीहरु कोट्यार खान नमिल्ने अवस्थाका पनि रहेछन् । उनले आफ्नो सम्पत्तिका विषयमा खुल्ला पुस्तक सरह रहेको बताए । पराजुली भन्छन्-” मेरो नाममा कति जग्गा छ ? कतिवटा घर छ ? त्यो त सम्वन्धित निकायमा सोध्दा निस्किहाल्छनी । बदनाम गराउने नियत भने राखिनु भएन ।”
प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूको सुविधा सम्बन्धी ऐन २०७५ को दफा ५ को (७) मा स्पष्ट व्यवस्था भए बमोजिम उनले आवास सेवा लिएका छन् । यसमा कसको के टाउको दुखाइ भयो र ? नमिल्नेनै थियो भने प्रदेश सरकारले यो सेवा दिदैन थियो । यसै माथी प्रदेश सभा सचिव गोपाल पराजुली छन् । उनले आफ्ना दाजुभाइलाई खुवै माया गर्छन् । सरसल्लाह दिने उनैले आफ्नै दाजुभाइलाई फसाउने कुरै आउदैन । सांसद पराजुली सार्वजनिक पदमा रहदा या नरहदा पनि सामाजिक तथा धार्मिक क्षेत्रमा उनले गरेको योगदान अतुलनीय छ । उनले त्यो पैसा लिएर दुरुपयोग हैन अझ सामाजिक क्षेत्रमा खर्चिने छन् । उनको गराइ र भनाइले त्यही देखिन्छ ।