Birat Post सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

पद ठूलो कि पार्टी? आँपको बगैंचामा केही युवाहरुसँग सम्वाद गरी राख्दा अचानक मसँग यो प्रश्न सोधियो। विद्यार्थी जीवनमा जतिखेर पञ्चायतको कालरात्री थियो, त्यतिखेर अनेकन पटक तरबार ठूलो कि कलम ? भन्ने विषयमा वादविवाद गरिन्थ्यो।

राजनीतिक चेतना आफूभित्र फक्रिँदै गरेको हुनाले म जहिले पनि कलम ठूलो भन्ने पक्षमा वकालत गर्थेँ। बलभन्दा बुद्धि ठूलो भनेर अनेकन तर्कहरु राख्थेँ।

त्यसबेला मेरो बुझाइ थियो – शान्तिपूर्ण संघर्षले नै अभिव्यक्ति स्वतन्त्रताको रक्षा, मानव अधिकारको संरक्षण र दलहरुको प्रतिस्पर्धात्मक राजनीति पुनर्थापना हुन सक्छ।

वरिष्ठ लोकतन्त्रवादी नेता विश्वेश्वर प्रसाद कोइराला जहिले पनि ब्रेड (रोटी) भन्दा ब्रेन (विवेक) को महत्व सम्झाउनुहुन्थ्यो।

मानिसले अनेक विचारधाराहरु राख्न सक्छन्। विचारहरुको विविधता र विचार छनोटको स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त हो भनेर सुनिराख्थेँ।

जब बारा जिल्लाका युवाहरुबाट अहिलेका लागि यक्ष प्रश्नको सामना गर्नुपर्यो, तब मैले तिनीहरुलाई तत्काल केही जवाफ त दिएँ, तर मलाई कयौँ दिनसम्म यो प्रश्नले पछ्याइराख्यो। यतिबेला परिवृत्तमा रहेको यही प्रश्नको वरिपरि यो आलेख केन्द्रित भएको छ।

लोकतन्त्रको सौन्दर्य र सामथ्र्य भनेको दलहरुको अकुण्ठित अस्तित्व हो। दलबिनाको निर्वाचन र विभिन्न शास्त्रीय ढाँचाहरुको निर्माणको आलंकारिकता त पञ्चायती व्यवस्थाभित्र पनि थियो।

नेपाली जनताले मनैदेखि त्यसलाई कहिल्यै पनि स्वीकारेनन्। अस्वीकार र असहमतिको विस्फोट ०३६ सालको आन्दोलनमा भयो। २०४६ मा त बहुदलीय व्यवस्था स्थापना नै भयो।

०४६ पछि तत्कालीन पञ्च र मण्डलेहरुले आफ्नो पार्टी खोले। जो पञ्च हिजो पञ्चायतका दिनमा बहुदलीय व्यवस्था स्थापना गर्ने माग राख्थे। तिनलाई दण्डित गर्न अनेकौँ हतकण्डा अपनाउथे। उही पञ्चहरुलाई आफ्नो दल खोल्ने वा आफूले चाहेको दलमा सहभागी हुने उन्मुक्ति बहुदलवादीले दिए।

राजा र पञ्चायत विरुद्धको आन्दोलनमा कोही कांग्रेस, कोही कम्युनिस्ट घटकहरुमा सक्रिय रहँदै आए। त्यसबेला दलमा आवद्ध हुनुको सोझो अर्थ मण्डले प्रशासनको वक्रदृष्टिको शिकार हुनु थियो। हजारौं कार्यकर्ताहरु मुलुकभरी जो आफूलाई कांग्रेसी र वामपन्थी भनेर चिनाउनमा गर्व गर्थे। हाँसी हाँसी जेलनेल र अनेकौँ यातानाहरु भोग्थे। कोही निर्वासनमा गए त धेरैको सम्पत्ति हरण भयो।

बारा जिल्लामा एकजना अनुप सहनी हुनुहुन्थ्यो, जो सय वर्ष बाँचेर बित्नुभो। उहाँ जहिले पनि सिम्रौनगढमा भेट्दा भन्नुहुन्थ्यो–म २००७ सालदेखिको कांग्रेसी। उहाँले कहिल्यै पनि र कुनै पनि सार्वजनिक पद धारण गर्न पाउनु भएन। तर, आफूलाई चिनाउँदा र आफनो दलसंगको आवद्धता भनिरहँदा गर्वले उहाँको अनुहार धपक्क बल्थ्यो।

कोही भन्थे किन कुनै दलसँग जोडिन पुग्छन् ? किन कुनै दलको साधारण सदस्य हुँदैमा गर्व गर्थे ? यो पक्षमाथि हामीकहाँ चिन्तन मनन भएको पाइएन।

पार्टी प्रवेश गराउने चुनावी राजनीतिको खहरे खोलाले त्यस्ता अनेकौं प्रश्नका ढुंगाहरुलाई धमिलो पानीमा बगाएर लगिरहेको छ। एकभन्दा बढी दलहरुको उपस्थिति बिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन।

दलको सिद्धान्त र पृष्ठभूमि, आन्दोलनका आयाम, नेतृत्वको करिश्मा, अन्तर्राष्ट्रिय प्रभाव, साहित्यको असर, परिवर्तनको चाहना वा तात्कालीन संरक्षणको मनोविज्ञानले कोही कुनै दलसँग आवद्ध हुन्छन्। यसरी कुनै दल विशेषसँग जोडिँदा कुनै व्यक्तिको पहिचान दलसँग जोडिन्छ। दललाई पनि व्यक्ति विशेषका कारणले स्थान विशेषमा चिनारी प्राप्त हुन्छ।

दलमा आवद्धता भनेको बैंकमा पैसा राखेर एटीएमबाट झिक्नु जस्तो होइन। आफू जुन दलमा आवद्ध भइएको छ त्यो दलको विचार अनुसारको राजनीतिक, सामाजिक रुपान्तरणका लागि त्योसँग जोडिएको हुन्छ।

पार्टीले दिएको जिम्मेवारी चाहे त्यो आन्दोलनका क्रममा होस् वा निर्वाचनका क्रममा, संघर्षका लागि होस् वा सत्ताका लागि, आफ्नो दलप्रति प्रतिवद्ध र समर्पित कार्यकर्ताले त्यसलाई निशर्त स्वीकार गनुपर्छ।

हाम्रै माझ यस्ता प्रशस्त उदाहरणहरु छन् जहाँ पार्टीले जिम्मेवारी तोक्दा कार्यकर्ताहरुले आफनो बलिदान दिएका छन्। त्यसैगरी पार्टीले चुनावमा कसैलाई प्रत्यासी बनाउँदा कार्यकर्ताहरुले दिनरात मेहनत गरेर उम्मेदवारलाई शासनमा पु्¥याएका छन्। दलसँग आवद्ध हुनुको चरित्र नै यही हो।

यसपटक निर्वाचनका क्रममा कोही टिकट नपाएकै कारण एउटा पार्टी छोडेर अर्कोमा जाने, कोही एकैपटक कैयौँ पार्टीमा छिर्ने, त्यसलाई स्वीकार पनि गर्ने र अन्त्यमा कुनै अर्कै पार्टीबाट उम्मेदवारी दिने घटनाहरु बाहिरिए।

यस्तोसम्म पनि देखियो कि एउटै व्यक्ति एकै दिनमा तीनवटा पार्टी बदले। चुनावी राजनीतिको दृष्टिकोणले यस्तो प्रवृत्तिलाई स्वाभाविक भन्न थालिएको छ। तर, दलीयताको मर्यादाका हिसाबले यस्तो प्रवृत्तिले दलीयताको अस्तित्वलाई क्षय गर्छ।

दलहरुसँग जोडिनु र छुट्टिनु भनेको कुनै मलको एउटा तल्लामा फिल्म हेर्दाहेर्दै चटक्क छाडेर अर्को तल्लाको फिल्म हेर्न जानुजस्तो होइन। लहड, आवेग वा स्वार्थका कारण दलको कार्यकर्ता बन्ने होइन। दल भनेको खाने पिउने मधुशाला होइन। दल विशेषसँग सम्मति र विमति हुन सक्छ। तर, एउटा लोकतन्त्रवादीले दलको मर्यादा अनुशासन कदर हुनुपर्छ भन्ने चाहन्छन्।

आन्दोलन वा निर्वाचनमा कुन दललाई भरथेग गर्ने, त्यो स्वतन्त्रता सार्वभौभ जनतामा अन्तरनिहीत छ र व्यवहारमा रहनु पनि पर्छ। अहिले निर्वाचनलाई चुनावी राजनीतिको आँधीबेहरीमाझ दलीय मूल्य निष्ठाको सवाललाई गौण बनाइएको छ। जबकि यो विषय सबै दलहरुका लागि चिन्ताको विषय बन्नुपर्थ्यो।

पार्टीको प्राथमिकता के होरु यसले कस्ता पात्रलाई प्राथमिकतामा पार्योरु त्यो दलको अधिकार प्राप्त व्यक्ति वा समितिले निर्णय गर्ने विषय हो। तर, यहाँ दलले कुनै अमूक पदका लागि टिकट नदिँदा पार्टीलाई नै तिलाञ्जली दिने, अर्को दलको ओत आग्ने, नभए स्वतन्त्र उम्मेदवारी दिने प्रवृत्तिले लोकतान्त्रिक पद्दतिका लागि घुन–पुत्लाको काम गर्छ। लोकतन्त्रमा दल चाहिन्छ।

दलविशेषप्रति निष्ठा राख्ने समुह चाहिन्छ। यसलाई अर्को शब्दमा भन्नुपर्दा दलीयताप्रतिको निष्ठा चाहिन्छ। आखिर दलीयताका लागि नै राजाहरुसँग जुध्दै अन्ततोगत्वा गणतन्त्र ल्याइयो।

हो, दलहरुभित्र आन्तरिक लोकतन्त्रको मात्रा घटबढ हुन सक्छ। दलभित्र असहमत पक्षलाई, असहमतिको स्वरलाई प्रखर गर्नेहरुलाई नियोजित रुपमा धकेलेरै किनारा लगाउने यत्न भैरहेको हुन सक्छ। जसले दलीय संरचनाभित्रको प्रतिस्पर्धामा जित्न सके तिनले हार्नेरुलाई दलको परिधिभन्दा बाहिर धकेल्ने कोशिस गरिरहेको हुनसक्छ। यसका निम्ति दलहरुको आन्तरिक जीवनमा अन्तरघर्षण हुनु स्वभाविक हो।

दलभित्र आफ्ना असहमतिलाई कसरी राख्नेरु कहाँ राख्नेरु कहिले राख्नेरु त्यसका पनि सीमाहरु कोरिएका छन्। जसले दलको साँचो लिएका छन्, तिनले पनि के बुझनुप¥यो भने जो, जहाँ, जसले, जुन तहमा परक मत राखे पनि आखिर तिनले दललाई नै ताकतवर बनाउन खोजेको हो।

त्यसैगरी असहमत पक्षले पनि के बुझनुभयो भने असहमति प्रकट गर्नु भनेको दललाई ध्वस गर्नु होइन। दलका निर्णयहरु सच्याउने, दललाई सही लिकमा ल्याउने उपक्रम हो।

अहिले नै नेपाली कांग्रेसलाई नेपाली कांग्रेसले आफ्नो नेतृत्वको संघीय सरकारमा आवद्ध रहेका दलहरुसँग चुनावी गठबन्धन गर्न पुगेको छ। त्यसकाप्रति पालिका र जिल्ला तहबाट असहमति प्रकट गरियो। कसैले बागी उमेदवारी पनि दिए।

कांग्रेसभित्र नै गठबन्धनको औचित्यमाथि प्रश्न उठाउनेहरु कम छैनन्। भन्नेले त गठबन्धनको चुनावी राजनीतिलाई काँग्रेसले गुलियो विष खायो पनि भनेका छन्। तर, पार्टी सभापति शेरबहादुर देउवाको अटल अडानका कारण गठबन्धन हुने नै भयो।

कांग्रेसका छाया सभापति डा। शेखर कोइरालाले अपिल गरेजस्तै कांग्रेस पार्टीको विभिन्न तहका साथीहरुले मनमुटाव थाती राख्दै पार्टीको पक्षमा काम गर्न आह्वान गर्नुभएको छ। यो नै हो दलीयताको मर्म अनुसारको चाल र चरित्र।

फलानो पद पाइएन, त्यसकारण बागी हुन्छु भन्ने छुट दलीयतन्त्रमा हुँदैन। लडाइँको मैदानमा सेनापतिको निर्णय सर्वोपरी हुन्छ। त्यहाँ सैनिकले किन्तु परन्तु गर्न मिल्दैन। लडाइँ पश्चात् सेनापतिका निर्णयमाथि विभिन्न कोणबाट पार्टीभित्र विमर्श हुन सक्छ।

पार्टीका दस्तावेजहरुमा त्यस्ता कुनै निर्णयमा रिक्तताबारे अभिलेख राख्न सकिन्छ। तर, दलको लक्ष्मणरेखा उल्लंघन गर्नेलाई सराहना गर्न सकिँदैन। पदका लागि पार्टी फेर्दै हिँडने वा स्वतन्त्र उम्मेदवारी दिने प्रवृति सामान्य तवरबाट हेर्दा कुनै दलको नाफा नोक्सानीसँग जोडिएको होला। तर, सुक्ष्म तरिकाले नियाल्ने हो भने यसले दलीयतालाई नै घात गर्छ।

दलविशेषले आफूसँग आवद्ध कार्यकर्ता, हितैषी वा सहयोगीहरुको योगदान र सामध्र्यका आधारमा उचित अवसर दिनमा कञ्जुस्याइँ गर्नु हुँदैन। त्यहाँ मेरो–तेरो गरिनु हुँदैन।

नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बनोट नै विभिन्न दृष्टिकोण राख्नेहरुको धारबाट आएकाहरुको सम्मिलन हो। समग्रमा सिंगो नेपाली कांग्रेस विविधता बीचको सामञ्जस्यको स्वरुप हो।

यस्तो केन्द्रीय कार्यसमितिबाट कुनै कार्यकर्तालाई तत्कालमा अन्याय, मर्का वा अपमान भएको अनुभुति भए पनि कालान्तरमा त्यसले न्याय नै पाउँछ र पाउनु पनि पर्छ। आम नेपालीको न्यायका लागि लड्ने नेपाली कांग्रेसले आफ्ना प्रत्येक कार्यकर्ताहरुको न्याय सम्मान र सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्छ। त्यसैगरी पार्टीमा पदलाई ठूलो भन्ने वितण्डाकारीहरुलाई पाठ सिकाउनुपर्छ।

(डा.पराजुली नेपाली कांग्रेसका नेता हुन्)

सम्बन्धित

ताजा अपडेट
विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत
विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात
आठ देशका लागि राजदूत सिफारिस, को को छन् ?

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल