– कौशल निरौला
एउटा ब्राह्मण खसी काधमा बोकेर हिडिरहेको हुन्छ । ती ब्राह्मणलाई बेवकुफ बनाउन एउटा त्यस्तै जमातले एउटा प्लान बनाउछ । कसैले के सुगुर बोकेर हिडेको भन्ने ,कसैले के बिरालो बोकेर हिडेको भन्ने ,कसैले त भुतनै बोकेर हिडेछ भनेर भन्ने ,आदी । सवैले खसी बोकेर हिडेको नभने पछि दिगदार भएर ती ब्राह्मणले त्यो खसी छोडेर हिडेको कथा युटुवमा हेर्न पाइन्छ ।
अहिले विराटनगरका सवालमा यस्तै पात्रहरु देखा पर्न थालेका छन् । प्रशंङ्ग विराटनगरका सडकहरुमा हालै गरिएको नो-पार्किङ्ग र यस विषय अन्तरगत पक्ष,विपक्षमा भइरहेका बहस र मिडियाबाजी । चिया चोक र सेन्टरहरुमा हुने गफहरुमा लेखकीय सन्दर्भ र समाचारका इस्यूहरु भेटिने हुदा त्यस्ता ठाउँहरु म मिस गर्दिन ।
एक जना लेखकले मेयर नागेश कोइरालालाई नो-पार्किङ्गमा उचाल्ने र पछार्न सकिने तर्क गर्दै थिए । उनको भनाइ थियो यो नगरमा कांग्रेस पछाडि अव माओवादी बलियो हुदैछ । अर्का एमालेजनले चियामा गफिदै भने ती विग्रिए हाम्राले जित्छन् । अझै उचाल्नुस् भन्दै थिए । ती मनुवाको आशय स्पष्टसंग अनुमान लाउन सकिन्थ्यो । चियागफ पनि पेचिलो थियो । नो-पार्किङ्ग ठिक छ भनेर उचालिरहने यो मनसाय सकारात्मक कोणबाट आएकै थिएन ।
व्यपारीहरुको दृष्टिकोणमा पनि नो-पार्किङ्ग व्यवस्थित हुनुपर्छ तर यति धेरै पेलेर एकैपटक गरिदा यसको सकारात्मक परिणाम भन्दा उल्टो असर परिरहेको देखिन्छ । हुदा- हुदा यो लेख लेख्दै गर्दा अहिले विराटनगरको नो-पार्किङ्ग व्यपारिहरुको अवज्ञा स्थल बनिसकेको छ । सकारात्मक काम भए पनि यसलाई आम व्यवसायीले रुचाएनन् । राज्य भनेको समाजको नेतृत्वकर्ता हो । जनताको चाहनालाई संवोधन गर्ने कार्य पनि राज्यको हो । यो धमिलो पानिमा माछा मार्न र राजनीति गर्न जरुरी छैन । मेयर कोइरालालाई सफल बनाउने की असफल बनाउने दाउपेचमा भिडिरहेकाहरुलाई जवाफ दिन आवस्यक छ ।
यो सहर नागेश कोइरालाको मात्रै होइन । उनले मात्रै चाहेर सवथोक विकासको मूल फुट्ने पनि होइन । सकारात्मक कुराका लागि सवैको भावनापनि जोडिनु पर्छ । मुतको न्यानो धेरै समय टिक्दैन । मेयर कोइरालाले पनि आन्तरिक र बाह्य असन्तुष्टिहरुका विषयमा भइरहेका अवरोधहरुलाई मिहिन ढंगले बुझ्न जरुरी छ ।
कोइरालालाई सहयोग गर्ने भन्दा पनि असहयोग गर्ने जमात बढ्दो छ । यो स्वभाविक पनि हो । कामगर्नेहरुका पाछाडि मनिसहरु लाग्छन् ।नगरको अभिभावक भएपछि गुनासाहरु पोख्छन्,गालि गर्छन ,सुन्न र तीनको समस्याको निराकरण गर्न जागरुक हुनुपर्छ । यद्यपी उनले विराटनगर महानगरको प्रशासनिक व्यवस्थापनलाई चुस्त बनाउदै सुन्दर सहरको परिकल्पनाका साथ भइरहेको कामहरु प्रशंसायोग्य छन् । अझै ३ वर्ष मेयर कोइराला संग छ । त्यो अन्तिमको बर्ष भने मैले गणनामा राखिन ।
सवाल छ ,नो पार्किङमा पार्किङ गराएर उल्लंघन गर्ने कुराको । यस विषयमा मेयर कोइरालाले सोच्न जरुरी छ । कतिपयले नो पार्किङ्गको निर्णय फिर्ता लिन नहुने भनेर पनि कान भरेका होलान् । यो निर्णयमा तपाई व्याक हुनुभयो भने गलत नजिर स्थापना हुन्छ भनेर पनि भनेका होलान् तर त्यसो होइन । यहाँ राजनीतिले पुरै काम गरेको छ । जन अपेक्षा र चाहना भन्दा ठूलो कुरा केही हुन सक्दैन । जोगवनीमा वढेमानका सडक त छैन त मानिसहरु हिडिरहेका छन् । व्यपार चलिरहेको छ त ।
मैले यसो लेखिरहदा कतिले भन्लान यो कस्तो मानिस रहेछ । विराटनगर सडक खुल्ला भएको कस्तो मन नपरेको । फिलिली कुद्न पाएका छौ । तर यसो हुदै होइन । बजार क्षेत्र मात्रै विराटनगर हो त? व्यपारीका कारण वजार भएको होनी , होइन त ? उनै व्यपारी नभए बजार हुन्छ त ? सुनसान सडक र बजारको कल्पना गरेर पनि हुन्न । हामिलाई विराटनगरका १९ वटै वडाहरुमा सहर बनाउनु छ । सुन्दर सहर बनाउन बाकीनै छ । महानगरले गर्ने हजारौ निर्णय मध्ये केही निर्णय जनताले मानेनन् भने फिर्ता लिनु पनि महानता हो । अर्थात धमिलो पानिमा माछा मार्न उद्तहरुलाई पनि उत्तर दिएर ,चिन्दै अगाडि बढ्न जरुरी छ ।
यहाँ नागेश कोइरालाको मात्रै कुरा आउदैन । आउने मेयर पनि जिताउने गरी काम गर्न पर्ने छ । नभए त्यसको दोष पनि थुपरिने छ । सत्तामा हुदा मानिसहरु सपार्न र विगार्न बरोबरी आउने गर्छन् ,त्यसलाई पनि पहिचान गरेर अगाडि बढे समस्याका चाङ्गहरु चुलिन पाउदैन ।