Birat Post सोमबार, पुष २१, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगरवासीले शुद्ध खानेपानी खान पाउने भएका छन् । विराटनगर महानगरपालिका र जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइका संगको सहकार्यले सार्थकता पाए केही वर्ष भित्रै एक घर ,एक धाराको सपना पुरा हुने छ । यो विराटनगरवासीका लागि खुसिको खवर पनि हो ।

विराटनगर महानगरका मेयर भीम पराजुलीको सक्रियतामा यो काम हुन लागेको हो । एक वर्ष अगाडी जाइकाका प्रतिनिधि संग मेयर पराजुलीले विराटनगरको खानेपानी अवस्थावारे अवगत गराएका थिए । यसै विषयलाई लिएर विराटनगर महानगरपालिका र जाइकाको प्रतिनिधि र कन्सल्टेन्ड संग दर्जनौ पटक छलफल र स्थलगत अनुगमन समेत भइसकेको छ ।

विराटनगरमा खानेपानिका लागि काम गर्न जाइका तयार भए संगै डिपिआरको काम समेत हुन थालेको छ । विराटनगर महानगर र जाइकाको कन्सल्टेन्ड याचियो इन्जिनियरिङ कर्पुरेसन लिमिटेड वीच डिपिआरका लागि सहमति भइसकेको छ । कन्सल्टेन्डका प्रमुख कात्सुमी फुजीको नेतृत्वमा आएको ४ सदस्य टोलिले विराटनगरमा आफ्नो काम शुरु गरेको छ ।
एक घर ,एक धाराको अवधारणा सहित स्वच्छ खानेपानि नगरवासीलाई ख्वाउने आफ्नो सपना रहेको भन्दै मेयर पराजुलीले पूर्ण विश्वासका साथ यो कार्यमा जुटेको बताए । विराटनगरमा ६० वर्ष भन्दा अगाडीका खानेपानिका पायपहरु जिर्ण अबस्थामा छन् । पायप ब्रष्ट हुदा कतिपय ठाउँमा फोहर पानि पिउन नगरवासीहरु बाद्य छन् ।

केहि बर्ष अगाडी पानिकै कारण फैलिएको जन्डिसका कारण विराटनगरका १३ जनाले ज्यान गुमाउनु परेको थियो । खानेपानिका लागि महानगरले जाइका संग गरेको यो योजना सफल भए विराटनगरवासीका लागि यो भन्दा खुसिको खवर अरु हुने छैन । यस महान कामको पूर्णताका लागि महानगर पछि हट्न हुदैन । शुद्ध खानेपानी खान पाउने महानगरवासीको अपेक्षा पुरा गर्नु महानगरको दायित्व पनि हो ।  मेयर  पराजुलीले यो कार्यलाई सफलता पूर्वक सम्पन्न गर्नेमा सबै आशावादी रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
केशु विरहीद्धारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण
राससलाई समय सापेक्ष बनाउनु पर्छ : मन्त्री भण्डारी
हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुको सुझाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल