Birat Post शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ जेठ ।

स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धन फावसिद्ध भएको छ । जसमा काग्रेस र माओवादीलाई विशेष फाइदा भएको छ भने अन्य गठबन्धन दलहरु पनि निकै अगाडी बढ्न सफल भएका छन् । निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सात सय ५३ मध्ये छ सय ८४ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले पालिका प्रमुखमा ३०५ सिट जितेको छ । कांग्रेसले अझै १९ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानको एमालेले १८६ पालिका जितेको छ । १८ पालिकामा अग्रता लिएको छ ।

तेस्रो भएको माओवादी केन्द्रले ११६ पालिका जितेको छ भने ५ पालिकामा अग्रता लिएको छ । अन्यले २७ सिट जित्दा ९ मा अगाडि रहेको छ । अन्यमा स्वतन्त्रसँगै राप्रपा अगाडि छन् । नेमकिपा पनि समेटिएको छ । जनता समाजवादी पार्टीले निकै सुधार गरेको छ । जसपाले २३ सिट जित्दा ११ मा अग्रता कायम गरेको छ । नेकपा एकीकृत समाजवादीले १७ सिट जित्दा २ सिटमा अगाडि रहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १० सिट जित्दा ६ सिटमा अगाडि रहेको छ । उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले २७९ सिट जित्दा १८ सिटमा अगाडि रहेको छ । एमालेले २१२ सिट जित्दा ३० सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्रले १२१ सिट जित्न सफल भएको छ भने ६ सिटमा अगाडि रहेको छ । जनता समाजवादी पार्टी जसपाले २५ सिट जित्दा ५ सिटमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले २१ सिट जित्दा २ सिटमा अगाडि छ ।

अन्यले १७ सिट जितेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ९ सिट जित्दा ५ सिटमा अग्रता लिएर अगाडि बढेको छ । अहिले ६६ पालिकाको मतगणना भइरहेको छ । ३ पालिकाको गणना हुन बाँकी छ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल