
विराटनगर ,२२ माघ । नेपाली कांग्रेसका महामन्त्री तथा माेरङ क्षेत्र न. ४ बाट प्रतिनिधि सभा सदस्यकाे उमेदवार समेत रहेका गुरूराज घिमिरेले वाटाे विराएकाे राजनीतिलाई संगालेर अगाडि बढ्न आवश्यक रहेको वताएका छन् ।
विराटनगरमा बिहीबार सञ्चारकर्मी तथा सम्पादकहरू संग वाेल्दै उनले यस्तो वताएका हुन् । उनले भने, “हामीले कांग्रेसलाई बदलेका छाै, पुस्तान्तरणकाे अभ्यास गरेका छाै । विशेष महाधिवेशनवाट नयाँ कांग्रेसकाे परिकल्पना गरेका छाै ।”
निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सञ्चारमाध्यमकाे भुमिका आवश्यक रहने र यसमा तटस्थ सहजीकरण गरेर अगाडि बढ्न आग्रह गरे ।
देशमा पछिल्लो समय भएको जेनजी आन्दोलनलाई आत्मसात् गर्दै देशको चाहना अनुरूप देश विकासमा कांग्रेस हाेमिने वताए । नेपालमा पनि जेलेस्की उत्पादन गर्ने ,नरसंहार गर्ने जस्ता गतिविधि हुनसक्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्ने वताए । हाहा र हाे.. हाे काे राजनीति वाट देशलाई जाेगाउन पनि आवश्यक रहेको औंल्याए ।
कांग्रेसले मात्रै देशकाे स्वाधीनता जाेगाउन सक्ने र यसका विषयमा कांग्रेसले अभियानकैरूपमा लैजाने वताए ।