Birat Post आइतबार, आषाढ ०५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

– विजय मिश्र –

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको नेपाल भ्रमणमा पूर्वलाई प्रथमिकता दिनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यो पटक उनको पूर्वी भ्रमण पाँच कुराले गर्दा लामो समयसम्म चर्चामा रहनेछ । हुन त उनी पोखरा भ्रमण पनि जानेछन् । तर पोखराको भ्रमण पर्यटकीय दृष्टिकोणभित्र सिमित रहे पनि पूर्वी भ्रमणले मिडिया र सोसल मिडियामा खुबै चर्चा चलेको छ ।

सर्वप्रथम त बिर्तामोडका बी.एन.सी. अस्पतालका सञ्चालक दुर्गा प्रसाईको व्यक्तिगत निमन्त्रणामा दुबईका राजकुमार काठमाडौंमा अवतरण गरेर एयरपोर्टबाट सिधै भद्रपुर बिमानस्थल उत्रिनुले धेरै राजनीतिक व्यक्तित्वहरुको चिन्ता बढाएको छ ।

दुर्गा प्रसाईसंग अंकमाल गरेको र सुनको लौरो र अन्य बहुमुल्य उपहारहरु दिएको देख्दा लाग्छ दुर्गा प्रसाईसंगको मित्रताको यात्रा राजकुमारले लामो समयसम्म अघी बढाउँदैछन् । प्रसाई एक व्यापारिक र समाजिक सेवामा तल्लिन व्यक्ति हुँदै राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् ।

उनले बिर्तामोडमा संचालन गरेको अस्पतालमा एम।बी।बी।एस। संचालन गर्न सरकारले स्वीकृति नदिंदा अरौबौं खर्च गरेर तयार गरेका भौतिक पूर्वाधार र अन्य सामग्रीहरु खेर गईरहेको स्थलगत भ्रमणबाट देखिएको छ ।

दोस्रोमा, प्रसाईले शनिवार पत्रकारहरुसंग गरेको कुराकानीलाई आधार मान्ने हो भने दुबईका राजकुमारसंग साझेदारीमा पाँच सय विद्यार्थीलाई एम.बी‍.बी‍‍.एस. पढाउने गरी दुबईमै मेडिकल कलेज खोल्दैछन् ।

जसको स्वीकृति राजकुमारले चार घण्टा भित्र दिलाई दिएको प्रसाईको भनाई सुन्दा नेपाली प्रशासनको कमिशनको प्रक्रिया, राजनीतिक लवीको प्रक्रियाले वाक्क दिक्क भएकाहरुको लागि यो एउटा सबक हुन जान्छ ।

अझ प्रसाईले ती पाँचसय विद्यार्थीलाई इन्टर्नसीपको लागि बिर्तामोडको अस्पतालमा ल्याइने बताएर नयाँ सूचना दिनु भएको छ । दुबईको मेडिकल कलेजमै नेपाली छात्राहरुलाई नर्श पढ्ने व्यवस्था मिलाउने र सय प्रतिशत जागिरको प्लेसमेन्ट दिने योजना सुनाई राख्दा नेपालमा लाखौं खर्च गरेर नर्श भएकाहरुले अहिले जागिरका लागि भौतारिरहनु भएको अवस्था र पाएको जागिरको पनि तलबको अवस्था हेर्दा नर्शहरु पनि वैदेशिक रोजगारीमा जानकै लागि प्रसाईले दुबईमा खोल्ने कलेजमै पढ्न ताँती लाग्ने देखिन्छ ।

तेस्रो सन्दर्भ झापा जिल्लामा मुश्लिम विश्वविद्यालय खोल्ने कुरा छ । आइतबार दुबईका राजकुमारले नेपालमा मुश्लिम विश्वविद्यालय संचालनका लागि बनाइने पूर्वाधारको सिलन्यास गराउने कार्यक्रम समेत तय भएको छ ।

जुन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली समेत आउने पक्का भइसकेकोले मधेसमा जसरी एमालेले स्थानीय निर्वाचनमा ह्वात्तै मत बढाएको थियो । अब मुश्लिम विश्व विद्यालय एमालेकै पहलमा आएको सन्देश जानेछ ।

यसले मधेसमा एमालेको पकड थप बढ्ने र स्वयं दुर्गा प्रसाईलाई सांसदको निर्वाचन जीत्न यस परिघटनाले सहयोग गर्ने देखिन्छ । यसको सकारात्मक प्रभाव केपी ओलीका लागि मात्र होइन मधेसका प्रत्येक निर्वाचन क्षेत्रमा मुश्लिमहरु मार्फत सिंगो एमालेमा पर्नेवाला छ ।

चौथोमा नेपालमा तयार गरिने खानेपानी दुबई निर्यात गर्ने एमओयूमा आइतबार नै दुबै पक्षबीच हस्ताक्षर हुँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकताका नेपालको पानी र जवानी धेरै महत्वपूर्ण छ, यसलाई खेर नफाल भनेका थिए । दुर्गा प्रसाईको प्रयासले खानेपानी सिधै दुबई जानसक्ने भएको छ ।

यसले नेपाललाई फाइदा त हुन्छ नै धेरैले रोजगारी पाउने र थप पानीका बजारहरु फेला पार्न सकिने देखिन्छ । नेपालको खानेपानी उत्कृष्ट छ । यसको व्यापारलाई थप बढाउनु पर्दछ । जसको लागि दुर्गा प्रसाईको प्रयास स्रहानीय छ ।

पाँचौ, दुर्गा प्रसाई माथी लाग्ने गरेको मेडिकल माफियाको ट्याग हटाउन दुबईका राजकुमारसंगको मित्रताले ठूलो सहयोग पुग्ने छ । मिडियामा उछालिएका कुरा र प्रसाईसंग व्यक्तिगत रुपमा भेट्दा भएका कुराकानीमा आकाशजमिनको फरक छ । अझ बिर्तामोडमा उनले बनाएको अस्पतालको भौतिक पूर्वाधार, सरसफाई र अनुशासनको समीक्षा गर्ने हो भने उनलाई एमवीवीएस पढाउन सरकारले सम्बन्धन नदिएर अन्याय नै गरेको हो की भन्ने देखिन्छ ।

अझ राजकुमारले बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण आइतवार शुभारम्भ गरेपछि विदेशमा चार लाख रुपैयाँ खर्च गरेर गरिने सिटीस्क्यान नेपालमा एकलाख भन्दा कम खर्चमा हुने भनिदैछ । यसले प्रसाई कमाऊ धन्दामा लागेको भन्दा सेवाको भावना बढी भएको देखिन्छ । सेबाकै भावना देखिएकाले नै दुबईका राजकुमारले यसको शुभारम्भ गर्न सहमत भएका हुनभन्दा फरक पर्दैन ।

नत सांसद, नत मन्त्री नत कुनै सरकारी पद्, तर पनि दुबईका राजकुमारलाई व्यक्तिगत निमन्त्रणामा मोफसलमा ल्याउनु, आफ्नो कर्मभूमीमा ल्याउनुले व्यक्तिगत रुपमा जति दुर्गा प्रसाई खुसी देखिन्छन् । त्योभन्दा खुसी राजकुमारको स्वागतका लागि भद्रपुर एयरपोर्ट पुगेका झापा बासीहरु देखिएका थिए । अझ शनिवारको राजकुमार र प्रसाईबीचको सामिप्यताले देशैभरी र प्रदेशमा समेत खुबै चर्चा पाएको छ ।

दुर्गा प्रसाईको यस्तो हिम्मतिलो प्रयासलाई सबैले सकारात्मक रुपमा लिनु पर्दछ । नेपालका राजनीतिक नेताहरुले शनिवारको झापाको परिदृष्यबाट धेरै कुरा सिक्न सक्ने देखिन्छ । र, सिक्नु पनि पर्दछ ।

सम्बन्धित

ताजा अपडेट
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा
‘नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष’द्वारा पत्रकार विक्रम निरौला सहित ५ जना सम्मानित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल