Birat Post बिहिबार, चैत्र १२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं –  जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । जेनजी मुभमेन्ट नेपालका तर्फबाट विज्ञप्ती जारी गर्दै विजय साहले  उक्त प्रतिवेदनलाई “अपूर्ण, चयनात्मक र राजनीतिक प्रभावमा परेको दस्तावेज” भन्दै सम्पूर्ण घटनाक्रमको निष्पक्ष र स्वतन्त्र पुनःछानबिनको माग गरेको हो।मुभमेन्टले जारी गरेको प्रेस वक्तव्यअनुसार राज्यका तर्फबाट औपचारिक रूपमा सार्वजनिक हुनुपर्ने प्रतिवेदन चुवावट भएर मिडियामार्फत बाहिरिएपछि मात्र सार्वजनिक गर्नु सरकारको संस्थागत कमजोरी, गैरजिम्मेवारी तथा पारदर्शितामाथिको गम्भीर प्रश्न भएको जनाएको छ।

वक्तव्यमा भाद्र २३ गते राज्य पक्षबाट भएको दमनबारे कारबाहीको विषय समेटिनु आवश्यक भए पनि भाद्र २४ गते भएका जेल तोडफोड, आगजनी, लुटपाट तथा अराजक गतिविधिहरूको समुचित छानबिन नभएको भन्दै प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठाइएको छ। “यसले सत्यलाई आंशिक बनाउँदै विधिको शासन र राष्ट्रिय सार्वभौमसत्तामाथिको आक्रमणलाई कमजोर रूपमा प्रस्तुत गरेको देखिन्छ,” वक्तव्यमा उल्लेख छ।

त्यसैगरी, आन्दोलनको कारण र मूल मागहरूमाथि राज्यले ध्यान नदिएकोप्रति पनि मुभमेन्टले आपत्ति जनाएको छ। जेनजी आन्दोलन शासकीय स्वरूपमा परिवर्तन, सार्वजनिक संस्थाहरूको पुनर्संरचना, २०४८ साल यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन तथा राज्य संयन्त्रको दलीयकरण अन्त्यको मागसहित उठेको ऐतिहासिक राजनीतिक अभिव्यक्ति भएको उल्लेख गरिएको छ।

मुभमेन्टले घटनाको सतही छानबिन मात्र गरेर समस्या समाधान नहुने भन्दै व्यापक, स्वतन्त्र र निष्पक्ष पुनःछानबिनको आवश्यकता औंल्याएको छ। साथै, आगामी सरकारले आन्दोलनका मूल मागहरू सम्बोधन गर्दै संरचनात्मक सुधारका लागि स्पष्ट र कठोर कदम चाल्नुपर्नेमा जोड दिएको छ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो
आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल