Birat Post आइतबार, आषाढ ०५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं,५ असार ।

साँस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीनै आचरण बिपरितका काममा उद्दत रहेको भन्दै उजुरी परेको छ । संसदको आचरण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरवारमा मन्त्री प्रेम आलेविरुद्ध  आइतबार उजुरी परेको हो । आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो। अधिबक्ता किशोर पौडेल,अनुपम भट्टराई र कानूनकी विद्यार्थी रोजिना पौड्यालले उजुरी हालेका हुन् ।

उजुरीमा भनिएको छ, ‘डोटीका माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका बिषयमा अश्लिल शब्द प्रयोग गरेको अडियो बाहिर आएका छन् । साँस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका आलेज्यूले टेलिफोन वार्ताहरुमा अश्लिल शब्द मात्रै प्रयोग गर्नु भएन ठेगान लगाउने सम्मको धम्की दिनुभयो।’

उनले विभिन्न सार्वजनिक स्थानमा राजनितक दलका नेता तथा निजामति कर्मचारीहरूलाई अश्लिल तथा अपशब्द प्रयोग गर्ने गरेको समेत उजूरीमा उल्लेख छ। यसैबीच ३ असार शुक्रबार नेपालका विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा सार्वजनिक भएको सुन्नै नसक्ने अडियो र सञ्चार माध्यमहरूमा आएका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक
राजाबादी आइलाग्छन् भने ईटको जवाफ पत्त्थरले दिने हो : प्रचण्ड
राजावादीहरुद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल