Birat Post मंगलबार, आषाढ ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं ,७ असार ।

अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) लाई अघि नबढाउने देखि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन सम्मको निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ । हिजो बसेको मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेको छ । सरकारले एसपीपी लाई अघि नबढाउने निर्णय गरेको छ । सबै सरकारी निकायहरूले कूटनीतिक सम्बन्धका विषयहरूमा पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालय मार्फत गर्ने निर्णय गरेको छ । नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ ।

जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । साथै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गरेको छ । सरकारले उनी माथि छानबिन गर्न समिति गठन गर्ने भएको छ । केही दिन अघि अधिकारीले मन्त्री आलेसँगको अडियो टेप सार्वजनिक गरेका थिए ।

त्यसै गरी कोहलपुर– सुर्खेत १३२ केभि प्रसारण लाइन विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । साथै रिक्त रहेको राष्ट्रिय समाचार समितिको अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल