Birat Post सोमबार, साउन २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विकास कार्की
विराटनगर, २३ साउन ।
मोरङका सीमाबर्ती क्षेत्र गाजामय बनेको छ । प्रत्येक दिन गाजा पक्राउ हुन्छ । सानो,ठूलो परिणाममा पक्राउ हुने गाजाको परिणाम हेर्दा सीमावर्ति क्षेत्र गाजामय भएको होकी भन्ने आभास हुन थालेको छ ।

ईलाका प्रहरी कार्यालय रानीले गाजा पक्राउ अभियानलाई तिव्रता दिएको छ । कार्यालयका इन्चार्ज महेन्द्र दर्नालको टोलीले गाजा तस्करीमा सम्लग्नहरुलाई पक्राउ गर्ने र गाजा बरामद गर्ने कार्यमा ठूलो सफलता हात पारेका छन् । यो साता मात्रै विराटनगर रानीका विभिन्न क्षेत्र ,मटेरुवा,भन्सार आसपासका क्षेत्रबाट ठूलो परिणाममा गाजा पक्राउ परेको छ ।

शनिबार मात्रै मोरङको जहदा गाउँपालिका ३ ठुलो हातिबन्दा बाट प्रहरीले ठुलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ । स्थानिय भुसाराम राजबंशीको घर पछाडि रहेको कटेरोमा प्लाष्टीकमा प्याक गरी बोरामा हाली लुकाई छिपाई राखिएको ३८ किलो गाँजा बरामद गरेको हो । राजवंशीको घरबाट गाँजा बरामद भएता पनी राजवंशी फेला परेका छैनन् ।

ठूलो परिणाममा गाजा भारततर्फ गइरहेको सुराकका आधारमा सकेसम्म नियत्रण लिने र अनुसन्धान गर्ने काम भइरहेको सशत्र प्रहरीबल रानीका प्रमुख भुपेन्द्रकाजी निरौला बताउछन् ।

नेपालको कानून अनुसार गाजा बैध छैन । यद्यपी गाजा खेति र निर्यातका लागि बाटो खोल्नुपर्ने आवाज संसद र अभियन्ताहरुले गर्दै आएका छन् । यही महिनाको गाजा पक्राउको शृङ्खला हेर्ने हो भने पनि यसको उत्पादन नेपालमै भइरहेको छ या तेस्रो मुलुकबाट नेपाल हुदै बाहिर गइरहेको छ ? यसको भने खोजी गर्न आबश्यक भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल