Birat Post मंगलबार, मंसिर १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ मंसिर /

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । बिराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए ।

कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक र राष्ट्रका धरोहर भएको बताए । “राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्बद्र्धन गर्नु राज्यको दायित्व हो,” कोइरालाले भने, “धर्म र संस्कृतिको संरक्षणमा म संसदमा खरो रुपमा उत्रिनेछु ।” उनले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने बताए ।

यस्तै कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले धार्मिक सनातन परम्परा भन्दा टाढा नरहेको बताए । नवनिर्वाचित प्रदेशसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले धार्मिक क्षेत्रको संरक्षणमा लागिपर्ने बताए । यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले सनातन धर्म संस्कृतिकै बलमा आफुले सफलता हासिल गरिरहेको बताए ।

उनले आफु विराटनगर महानगरको मेयर हुदा धर्म,संस्कृति र सभ्यताको संरक्षण र विकासका क्षेत्रमा काम गरेको स्मरण गरे । प्रदेश सभा सदस्य केदार कार्कीले धार्मिक क्षेत्रको विकास र प्रवर्धनमा काध दिएर उभिने बताए । उनले सनातन धार्मिक क्षेत्रको संरक्षणका लागि पुस्तकालय निर्माण गरिने बताए । कार्यक्रममा लक्ष्मीनारायण मन्दिरमा रामानुज स्वामी ,अध्यक्ष कुमार खतिवडा ,पं भवानी शंकर निरौला ,प्राध्यापक युवराज धिताल लगायतले सनातन धर्मरक्षाका लागि काम गर्न सुझाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल