Birat Post शुक्रबार, फाल्गुण १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१९ फागुन

नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनले आज आज सातै प्रदेशका प्रदेशसभा सदस्यहरूसँग अन्तर्क्रिया गर्ने भएका छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलका नेताहरूले प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । ८ दलले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाएको कार्यदलले सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग कुराकानी गर्न प्रतिनिधिसमेत खटाएको छ। कांग्रेसका पदाधिकारीहरूले प्रदेशमा हुने छलफलको नेतृत्व गर्नेछन् ।

कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्माले जिम्मेवारी पाएका छन् । कोसी प्रदेशमा महामन्त्री शर्मासहित सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि सहभागी हुनेछन् । मधेस प्रदेशमा फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाएका छन् । मधेसमा सहमहामन्त्री महेन्द्र यादवलगायत पार्टीका नेताहरूको सहभागिता रहनेछ । वाग्मती प्रदेशमा महामन्त्री गगन थापालाई कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ सहभागी हुनेछन् । त्यहाँ सहमहामन्त्री जीवन परियार पनि रहनेछन् । लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेले जिम्मेवारी पाएका छन् । निर्वाचनमा ८ दलबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

सम्बन्धित

ताजा अपडेट
काठमाडौँ किन आइपुगे पूर्वनवयुवराज हृदयेन्द्र
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल