Birat Post आइतबार, फाल्गुण २१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,२१ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लघुवित्त र मिटरव्याजीको मनपरिविरुद्ध संघर्षरत नागरिकमाथि राज्यले दमनको नीति लिएको भन्दै सरकारी कदमको विरोध गरेका छन् । महासचिव चन्दले आइतबार विज्ञप्ति जारी गर्दै देशमा लघुवित्त, मिटर ब्याज र चर्को बैङ्क व्याजले लाखौं जनताको जीवन प्रताडित बनेको उल्लेख गरेका छन् । साथै उनले बैङ्क तथा वित्तीय संस्थाहरूको आतङ्क र दमन झेल्न नसकेर सयौँ नागरिकहरूले ज्यान गुमाइसकेको र हजारौँ नागरिक सडकमा पुगेर छटपटाइरहेको बताएका छन् ।

‘कुनै उपाय नभएपछि केही समयदेखि ऋण पीडित नागरिकहरू सङ्घर्षमा उत्रिएका छन् । उनीहरूले आफ्नो जीवन रक्षाको आवाज उठाइरहेका छन् । विडम्बना लोकतान्त्रिक भनिने संसदीय व्यवस्थाले जनताको आवाज सुन्नु र उनीहरूको रक्षामा न्यायिक कदम चाल्नुको सट्टा प्रशासन र प्रहरीलाई लघुवित्त एव चक्र व्याजीको रक्षामा जनतालाई दमन गर्न परिचालन हुन निर्देशन गर्नु जनविरोधी एवं असैह्य कार्य हो’, विप्लवले सरकारी कदमको विरोध गरेका छन् ।

सरकार यस्तो निर्णयबाट पछि फर्किन र जनताको माग पुरा गर्न पनि विप्लवको माग छ । त्यसैगरी सो पार्टीले दलाल पूँजीपतिवर्ग र विभिन्न नामका शोषक, चुसाहा संस्थाहरूका विरुद्ध पीडित नागरिकलाई न्यायपूर्ण सङ्घर्षमा निरन्तर अगाडि बढ्न अपिल गर्दै आफ्नो साथ रहेको बताएको छ । ‘पार्टी सधैँ जनताको न्यायपूर्ण सङ्घर्षको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ’, सो पार्टीले भनेको छ ।

जनताको जायज आवाजलाई सहयोग र समर्थन गरेका कारण देशभरि आफ्ना पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउन थालिएकोमा आपत्ति जनाउँदै जाजरकोटमा जिल्ला इन्चार्ज तथा सीसीएम पौरख सी, जिल्ला सेक्रेटरी विराजन सी लगायत ५ जनालाई गिरफ्तार गरेर लुटपाटको झुट्टा मुद्दा लगाउन लागेको भन्दै उनीहरूको रिहाइ गर्न माग गरेको छ । अन्यथा सङ्घर्षको जिम्मा लघुवित्त र राज्यले लिनुपर्ने विप्लवको चेतावनी छ ।

सम्बन्धित

ताजा अपडेट
काठमाडौँ किन आइपुगे पूर्वनवयुवराज हृदयेन्द्र
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल