Birat Post आइतबार, चैत्र ०५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,५ चैत

साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको हो।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि सुनको मूल्य माघ १९ गते अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो।

आइतबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ १३ सय १० रुपैयाँ कायम रहेको थियो। केही समय यता नेपाली सुनचाँदी बजारमा सुनको मूल्य लगातार बढिरहेको छ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल