Birat Post सोमबार, चैत्र १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ चैत ।
तराइका जिल्लाहरुमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैते छठ पर्व मनाइँदै छ । यसलाई वासन्ती छठ पनि भनिन्छ ।

चैते दशै जस्तै छठ पर्व पनि चैतमा पनि मनाइन्छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।

यसअघि गत शनिबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन पवित्र स्नान गरेर शुद्ध खाने विधिबाट पर्व प्रारम्भ गरेका बर्तालुले आइतबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् ।

निराहार व्रत रही आज सोमबार साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गई अस्ताउँदो सूर्यलाई (अर्घ) दिने र सूर्यदेव चढाएको सामान अर्पण गरिन्छ । ंसप्तमी तिथि अर्थात मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिए पछि बर्तालुले व्रत समापन गर्नेछन् ।

शरद र वसन्त ऋतु दुवैमा मानिसहरुले छठ पर्व मनाउने परम्परा छ । यो सूर्य उपासनाको व्रतको प्रभावले हरेक मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर- ४ ले क्रियाशिल प्रमाणपत्र वितरण अभियानलाई दियो तिब्रता
राधाकृष्ण रथयात्राको सम्पूण तयारी पूरा, एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष अन्तरगतको सेवा सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल