Birat Post मंगलबार, बैशाख ०५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,५ बैशाख । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैदेशिक रोजगारमा गएका नेपालीहरुको रिहाई, उद्वार र सुरक्षाको विषय सरकारले हेर्नु पर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा गएकाहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । तर बैदेशिक रोजगारमा गएका नेपालीहरु विभिन्न देशका जेलहरूमा करिव १ हजार भन्दा बढी रहेको तथ्यांक सार्वजनिक हुँदा सरकार यसप्रति संवेदनशील हुन आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा गएकाहरूको महत्वपूर्ण योगदान रहेको छ । तर वैदेशिक रोजगारमा गएका नेपालीहरु आज विभिन्न देशका जेलहरूमा रहेको तथ्याङ्क करिव १ हजार भन्दा बढि छ ।’

गत वर्षको रेमिट्यान्सले हेर्ने हो भने १० खर्व ७ अर्व रुपैयाँ स्वदेशमा भित्रिएको भन्दै उनले अर्थतन्त्रमा बैदेशिक रोजगारीमा गएका नेपालीले ठूलो योगदान रहेको चर्चा गरे । यही कारण पनि उनीहरुका लागि सहज वातावरण सृजना गर्न सरकारको ध्यान जानु पर्ने सांसद कार्कीको आग्रह थियो ।

सम्बन्धित

ताजा अपडेट
उपकुलति थपलियाबाट क्याम्पस भवनको शिलान्यास
सहकारी ठगीमा संलग्नलाई लिखित प्रतिबद्धता गराएर जेलमुक्त गरौ : सांसद आचार्य
सुनसरीको वराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण, ३१ बङ्गुर मरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल