Birat Post मंगलबार, बैशाख ०५, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,५ बैशाख ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश सरकारले १०० दिन पुरा गर्न सफल भएकोमा खुसी देखिएका छन् । आफू नेतृत्वको वर्तमान सरकारको एक सय दिने उपलब्धि सार्वजनिक कार्यक्रममा उनी त्यसरीनै प्रस्तुत भए । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनको सुरुवातमै कार्कीले भने “अन्य प्रदेश सरकारहरुले १ सय दिन पूरा  गर्न सकेनन् तर कोशी प्रदेश सरकार यस मानेमा भाग्यमानीनै छ । उनी यतिमै रोकिएनन् मेरै नेतृत्वमा प्रदेश सरकार ५ वर्ष चल्छ । मध्यावधिमा जाने काम पनि नगरौ यसले ठूलो धनराशी हाम्रै खर्च हुने हो बरु सहमतिको संयुक्त सरकार बनाएर अगाडि बढौं ।”

मंगलबार कार्की नेतृत्वको सरकारले गरेका उपलब्धी सार्वजनिक गरिएका छन् । शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरुको संख्या १३ बाट ९ मा घटाइएको, प्रदेशको नामाकरण गर्न सफल भएको ,प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारीता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन गरिएको , प्रदेशसभाबाट ३ वटा विधेयक स्वीकृत भएको, प्रदेश प्रमुखबाट दुईवटा विधेयक प्रमाणिकरण भएको, प्रदेश सरकारको नियमावली तथा कार्यविधि, निर्देशिका बनेको लगायतका कुरा उल्लेख छन् ।

प्रदेशभरमा ११६ कि.मी. सडक कालो पत्रे गर्ने काम सम्पन्न भएको, उदयपुर स्थित वाउन्न खोला पुल र वलान खोला पुल तथा मोरङ्ग स्थित केशलिया खोला पुल रमहिमा खोला पुल निर्माण सम्पन्न भएको तथा प्रदेशका विभिन्न स्थानका १५ वटा झोलुङ्गे पुल निर्माणको काम ९० प्रतिशतले सम्पनन भएको पनि उल्लेख गरेको छ ।

यस्तै आर्थिक क्षेत्रमा पदेश अन्तर्गतका सबै मन्त्रालय/आयोग/सचिवालय/कार्यालयहरुको चालु खर्चको २५ प्रतिशत खर्च कटौती गरी श्रोत व्यवस्थापनको प्रयास गरिएको, प्रदेशको आन्तरिक राजश्व सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्य सम्वन्धी अध्ययन प्रतिवेदन प्राप्त भएको लगायतका विषय उल्लेख छ ।
उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने नीति अनुरुप प्रदेशमा पहिलो पटक दूध उत्पादनको आधारमा अनुदान वितरण कार्यक्रम अन्तर्गत व्यवसायिक रुपमा दूध उत्पादन गर्ने १६ हजार ९५ कृषकहरुलाई प्रति लिटर दुई रुपैयाका दरले १ करोड १७ लाख रकम उपलब्ध गराईएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
उपकुलति थपलियाबाट क्याम्पस भवनको शिलान्यास
सहकारी ठगीमा संलग्नलाई लिखित प्रतिबद्धता गराएर जेलमुक्त गरौ : सांसद आचार्य
सुनसरीको वराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण, ३१ बङ्गुर मरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल