नेपालगञ्ज,१६ बैशाख ।
नागरिक अभिनन्दन लगायत धार्मिक भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह सहित राजपरिवार नेपालगञ्ज पुगेको छ । शुक्रबार साँझ नेपालगञ्ज पुगेका उनले सोही क्षेत्रका अन्य जिल्लाको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
पूर्वराजालाई राप्रपाका महामन्त्री डा.धवलशमशेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटालगायतले विमानस्थलमा स्वागत गरेका थिए। उहाँको २० गते नेपालगञ्जमा नागरिक अभिनन्दन गरिदै छ ।