Birat Post सोमबार, बैशाख १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ बैशाख । आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित बिभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा बिभिन्न कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।
मजदुरहरुले आन्दोलन गरिरहेको अवस्थामा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा अचानक बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको हो रु भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन सुरु गर्‍यो । र, प्रहरीको सो दमनमा परी गोली लागि आन्दोलननरतत सातजना मजदुरको पनि मृत्यु भयो । प्रहरी दमनले त्यो आन्दोलन रोकिएन, झन झन चर्किदै गयो । अन्ततः सो आन्दोलन सफल भयो र त्यसपछि मजदुरलाई आठ घन्टा मात्रै काम गराउन थालियो ।

त्यसको चार बर्ष पछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरुको संयुक्त बैठक बस्यो । सो बैठकले बैठकले सोही दिनको सम्झनामा विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस पछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । नेपालको विराटनगरमा विसं २००७ मा पहिलो मजदूर आन्दोलन भएको थियो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो ।

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल