विराटनगर,२२ वैशाख। संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्राप्त जानकारी अनुसार भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो । स्थानीयहरुले फोन गरेर उक्त स्थानमा दुर्घटना भएको भन्दै जानकारी गराएका छन् ।