Birat Post मंगलबार, बैशाख २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२६ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विचौलियाको भुमिका खेलेको आरोप लागेका रामशरण केसी र गोविन्द चौधरी छन् ।

हालसम्म प्रहरीले यस प्रकरणमा संलग्न १० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पुर्जी जारी भइसकेका संघीय संसदका सांसद टोपबहादुर रायमाझी फरार छन् । मंगलबार मात्र उनको ललितपुरको सातदोबाटोस्थित निवासमा प्रहरीले छापा मारेको थियो । तर रायमाझीको बारेमा थप केही सुराक प्रहरीले पाउन सकेको छैन ।

यसअघि यस प्रकरणमा प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सांसद रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । साथै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पनि पक्राउ गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल