Birat Post बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

-कौशल निरौला

उद्योग संगठन मोरङले यही बैशाख महिना भित्रै नयाँ नेतृत्व पाउदै छ । नेतृत्व कस्तो आउला भन्नेमा लगभग पिक्चर क्लियर जस्तै भइसकेको छ । भावी नेतृत्वका लागि राकेश सुराना अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठीलाई ल्याउने आन्तरिक सहमति पनि बाहिर आइसकेको छ । वरिष्ठ उपाध्यक्ष बस्न नमानेका नन्दकिशोर राठीलाई मनाउन उद्योगीहरुको एउटा समुहले राम्रै कसरत गरेका छन् ।

सुनसरी –मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगका सञ्चालकहरु सदस्य रहेको संगठनमा २३५ सदस्य आवद्ध छन् । संगठनका वर्तमान अध्यक्ष सुयश प्याकुरेलले दुई वर्षे कार्यकाल पूरा गरी आउँदो साधारणसभाबाट नेतृत्व हस्तान्तरण गर्ने मनस्थिति जायर गरे संगै सहमतिको प्रयास भएको छ । यो सकारात्मक पक्ष पनि हो । हुन त भावी अध्यक्ष पदका लागि संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका पनि मैदानमा छन् । उनले अहिले सम्म केही कुरा खुलासा गरेका छैनन् ।
प्राप्त सूचना अनुसार उनले पनि आन्तरिक तयारी गरिरहेका छन् । मुरारका गएको निर्वाचनमा राकेश सुरानालाई वरिष्ठ उपाध्यक्ष पदमा हराएर निर्वाचित हुन सफल भएका व्यक्ति हुन् ।यद्यपी पिक्चर लगभग क्लियर जस्तै भएको छ र पनि समय र सनकका कुरा यसै भन्न सकिन्न । राजनीतिनै हो यो पनि ।

यद्यपी के भावी अध्यक्षमा अघि सारिएका राकेश सुरानाले संगठनको ओझलाई बचाएर काम गर्न सक्लान् ? सामाजिक सम्बन्ध र संगठनात्मक उत्तरदायित्व वहनका हिसाबले उनी कति जिम्मेबार बन्लान् । अन्य सम्वन्धहरुलाई कसरी कायम गर्लान् भन्ने प्रश्नहरु पनि उठेका छन् । सुराना उद्योगीहरु मध्येपनि सामाजिक सम्वन्धका हिसावले कमजोर मानिन्छन् । त्यति धेरै घुलमिल हुदैनन् र काम परेका वेला मात्रै सदुपयोग गर्ने बानी उनमा भएको भन्ने जमात पनि कम छैन ।

सामाजिक सम्बन्धका दृष्टिले नन्दु राठीप्रति धेरै उद्योगी व्यवसायीहरु सकारात्मक छन् तर उनले वरिष्ठ उपाध्यक्ष वस्ने सहमति जनाइसकेका छन् । जसका कारण उनको यसपटक कुरै भएन । उद्योग संगठन मोरङको नेतृत्व गरिरहेका उद्योगी सुयश प्याकुरेलले संगठनको नेतृत्वलाई राम्रो संग हाकेर देखाइदिएका छन् । अध्ययनशील र नयाँ केही गरौ भन्ने भावनाका साथ नेतृत्व पाएर जिम्मेबारी सम्हालेका प्याकुरेलको दुई वर्षे कार्यकालमा महत्वपूर्ण कामहरु भएकै छन् ।

कुरा संगठनको नेतृत्वकै हो । दुई वर्षे रणनीतिक योजना तर्जुमा गरेर कामलाई व्यवस्थित ढंगले अगाडि बढाउने दायित्व आउने नेतृत्वको काधमा छ । नयाँ उद्यमीहरु जन्माउन , स्वदेशी उत्पादनमा जोड दिन , उद्योगका समस्याहरु हल गर्न , सरकार संगै अन्य संघ संगठनहरुसँग मिलेर कसरी अघि बढ्ने भन्ने चुनौती आगामी नेतृत्व संग छ । आर्थिक संकटका वीच उद्योग र उद्योगीहरुको हितमा काम गर्ने कुरा छन् । समयक्रममै हेरौ भावी नेतृत्वमा अघि वढाएका सुरानाले जिम्मेवारी  कसरी वहन  गर्न सक्लान् ?

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल