Birat Post बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ बैशाख / नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् ।
मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा निर्माण भएको पाथिभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख भएको स्मरण गराए ।

नेता कोइरालाले भने, “सनातनकालदेखि चलिआएका धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन यदि कसैले गरे दण्डनीय हुनेछ भनेर हामीले संविधानमै लेखेका छौं ।” कोइरालाले डाक्टर पढिसकेपछि धर्मपरिवर्तनका लागि आफूलाई पनि प्रस्ताव आएको सुनाए । उनले सनातन हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेको समेत बताए ।

नेता कोइरालाले धर्म, संस्कृति र रीतिरिवाजलाई बचाउन सकेमात्रै मुलुक सभ्य हुने दाबी गरे । “धर्म, संस्कृति र रीतिरिवाज बचाउन नसके सभ्य समाज बन्न सक्दैन,” कोइरालाले थपे, “सभ्य समाज नभई सभ्य र सुसंस्कृति राष्ट्र बन्न सक्दैन ।” उनले भौतिकवादलाई आध्यात्मिकसित जोडेर जानुको विकल्प नभएको समेत उल्लेख गरे । कार्यक्रममा पूर्वमन्त्री रामकुमार लिम्बू, कोशी प्रदेशका पूर्वसांसद लोकप्रसाद संग्रौला, पण्डित रामकृष्ण उपाध्यायलगायतले सनातन हिन्दू धर्मको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए । ४ कठ्ठा २ धुर जग्गामा करिब १ करोडको लागतमा मन्दिर निर्माण गरिएको हो । मन्दिरस्थलमा बुधबारदेखि जेठ ४ गतेसम्म श्रीमद भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल