featured photo: Birat Post
विराटनगर,१२ असार । सर्वोच्च अदालतको आदेश संगै जन्मसिद्धका सन्तानलाई मोरङमा पनि बंशजका आधारमा नागरिकता दिन थालिएको छ । सोमबारदेखि कार्यालयले नागरिकता वितरण शुरु गरेको हो । शनिवार जिल्ला प्रशासन कार्यालय मोरङका १७ स्थानीय पालिकाका प्रमुखहरुको बैठकले नागरिकता प्राप्त गर्न चाहिने आवश्यक कागजातको मापदण्ड पुरा गरी सोही अनुसार वडाबाट सिफारिश पठाउन निर्णय गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले विद्यमान नागरिकता ऐनमा संशोधन पास भएको विधेयक तथा सर्वोच्च अदालतबाट अन्तिम आदेशमा भएको व्यवस्था अनुसार बाबु र आमाको नागरिकता हुनुपर्ने,जन्मदर्ता हुनु पर्ने,स्थायी वसोबास, पारिवारिक विवरण हुनुपर्ने , फोटो सहितको नाता प्रमाणीत , मतदाता परिचय पत्र, जग्गाधनी पूर्जा लगायतका कागजात राखी सिफारिश गर्न वडाहरुलाई निर्देशन दिएको जानकारी दिए ।
उनले सोमवार विराटनगरबाट ६२, इलाका प्रशासन कार्यालय उर्लावारीबाट ४६ र रंगेलीवाट २० गरी १२८ जना जन्मसिद्धका सन्तानहरुले नागरिकता प्राप्त गरेका छन् । कार्यालयले दैनिक ४० जनालाई नागरिकता दिनका लागि टोकनको मिति दिने व्यवस्था गरेको छ । सहायक प्रजिअ पोखरेलले जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता दिनका लागि १६ नं को छुट्टै कोठा व्यवस्था गर्नुका साथै गृह मन्त्रालयलाई थप जनशक्ति पठाउनका लागि अनुरोध गरेको जानकारी दिए ।
मोरङ जिल्लामा ३४ देखि ३५ हजारले जन्मसिद्धका आधारमा नागरिकता लिएको तथा सबैजनासँग सम्पूर्ण कागजात नभएको हुनसक्ने अवस्थाले ५० देखि ६० हजार सन्तानलाईलाई बंशजको आधारमा नागरिकता वितरण गर्न सकिने अनुमान जिल्ला प्रशासन कार्यालय मोरङले गरेको छ ।
सम्बन्धित