Birat Post बिहिबार, आषाढ २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२१ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल, चितवन शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताएका हुन्।

संसद् बैठक अवरोध गर्ने दलहरुले संसद् सञ्चालन गर्न सहयोग गर्ने उपप्रधानमन्त्री श्रेष्ठले विश्वास व्यक्त गरे। प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको उल्लेख गर्दै उनले यस विषयमा प्रधानमन्त्री दाहालले नै स्पष्ट पार्ने बताए।

लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको निर्वाचन संसद्बाट संविधानअनुसार हुने जिकिर गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संवैधानिकरुपमा कुनै विकल्प छ भने आफूहरु मान्न तयार रहेको बताए।

उनले भने, ‘स्टन्टबाजीको रूपमा बाहिर प्रचार गर्नु र भाषण गर्दा बोल्नु एउटा कुरा हो, तर प्रधानमन्त्री जो बहुमतद्वारा निर्वाचित छ, उहाँको राजीनामा माग गरेर संसद अवरूद्ध गर्नु संसदीय मान्यताविपरीतको कुरा हो।’

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल