काठमान्डौं,२४ असार । काठमाडौं महानगरका मेयर बालेन शाह सर्वोच्च अदालतमा तारिख धाउन थालेका छन् । अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर शाहले आइतबार साँझ सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो मुद्दामा पहिलो तारिख बुझेको जानकारी गराएका हुन् ।
उनले भारतको हस्तक्षेपविरुद्ध बोल्दा आफू आजबाट अपराधी भएको र प्रधानमन्त्रीले देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट पाएको बताएका हुन्।
‘आज एउटा विशेष दिन,आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै, प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।