Birat Post बुधबार, आषाढ २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ असार ।
काठमाडौँ विश्वविद्यालयका एसोसिएट डिन र विराटनगरका शिक्षाप्रेमीहरुवीच अन्तरक्रिया भएको छ । विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विभिन्न संकायमा मास्टर्स प्रोग्राम अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारी मुलक अन्तरक्रिया सन्चालन गरेको हो ।

विराटनगरको बिग होटलमा बुधबार विद्यार्थीहरु माझ गरिएको कार्यक्रममा खासगरी स्कुल अफ  एजुकेशनमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि शैक्षिक गतिविधि र सीपका विषयमा जानकारी दिएको थियो । युनिभर्सिटीका एसोसिएट डिन डा.प्रकाशचन्द्र भट्टराईले युनिभर्सिटीमा हुने पढाई , व्यवस्था र व्यवस्थापनका विषयमा जानकारी दिएका थिए । उनले काम गरिरहेका जागिरे मानिसहरुले घरमै वसेर अनलाइन पढाई गर्न सकिने बताए ।

कार्यक्रममा कोशी प्रदेशवाट युनिभसिंटीमा अध्ययनरत विद्यार्थी अजित चापागाई, कैलाश खाकी श्रेष्ठ र मेनुका संग्रौला लगायतले युनिभर्सिटीले गराइरहेको शैक्षिक ज्ञान र अनलाईन प्रविधिवाट शिक्षा आर्जन गर्दाका अनुभवहरु आदानप्रदान गरेका थिए ।

कार्यक्रममा मनमोहन प्राविधिक विद्यालय इन्जिनियरिङ संकायका डिन प्रा.डा.प्रचण्डमान प्रधानको समेत सहभागिता रहेको थियो । काठमाडौ विश्वविद्यालयले गुणस्तर र खोजमुलक अध्यापन गराउने , वृतिविकास र रोजगारमुलक शिक्षा प्रदान गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल