काठमाडौँ ,२५ साउन । प्रहरीले शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले डा. रञ्जितकुमार यादव र डा. अमित चौधरीलाई पनि पक्राउ गरेको हो।
यस संगै प्रहरीले सांसद सुनिल शर्माको आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको पाइएपछि पक्राउ गरेको छ ।
नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन अन्तर्गत शर्मासहित उनीहरु पक्राउ परेको सीआईबीले जनाएको छ । स्रोतका अनुसार शैक्षिक प्रमाणपत्र किर्ते गर्ने अन्य व्यक्तिहरु पनि पक्राउ गर्ने तयारीमा गृहमन्त्रालय रहेको छ ।