Birat Post बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सहमहामन्त्री यादवलाई ट्रमा सेन्टरमा लगिएको छ। रिपोर्टस क्लबको कार्यक्रम सकेर बाहिर निस्केर गाडी चढ्न लाग्दा यादवमाथि खुकुर प्रहार भएको हो।

यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ। ट्रमा सेन्टरमा उपचाररत उनकाे अवस्था खतरामुक्त रहेको पनि बताइएकाे छ ।

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा एक अभियन्तालाई पक्राउ गरेको छ। नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी आफूलाई अभियन्ता भन्ने गर्छन् ।

कार्यक्रममा उनी भादगाउँले टोपी, टिसर्ट, हाफ ज्याकेट र झोला बोकेको देखिएका थिए । तर, सहमहामन्त्री यादवको भाषण धैर्यतापूर्वक सुनेका उनले बाहिर निस्किएपछि झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए । सहमहामन्त्री यादवलाई ‘एमसीसीको मतियार’ भन्दै सापकोटाले खुकुरी हानेका थिए । तर, सापकोटा किन सांघातिक आक्रमणमै उत्रिए भन्नेबारे भने पूर्णरुपमा खुलिनसकेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल