विराटनगर,२२ भदौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यस्तै राप्रपाले हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएको छ ।
नेकपा एमाले नेतृत्वको सरकारलाई पार्टीको समर्थन रहने राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्ति सिटौलाले बताए । मन्त्री भने तत्काल नपठाउने उनले बताए ।