Birat Post मंगलबार, भाद्र २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,२५ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन्।

नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभालाई काठमाडौँमा सम्बाधेन गर्दै उनले उनले मन शुद्ध नभई शुद्ध सामान उत्पादन नहुने र शुद्ध सामान बजार नुगेपछि समाज शुद्ध नहुने तर्क गरेका हुन्।

‘हाम्रो मन अशुद्ध भएपछि सबै वस्तु अशुद्ध हुन्छ। हरेक मानिसको मन शुद्ध नभएपछि बजारमा कसरी शुद्ध सामान पाइन्छ। सफा मनले वस्तु उत्पादन गरेर बजार पठाउने हो भने पो सामान शुद्ध हुने हो। हामी आफैं शुद्धिकरण भएपछि मात्रै मिसावटरहित सामान आउँन सक्छ।’उनले भने,‘कानून बनाएर, विधेयक बनाएर मात्रै बजार शुद्धिकरण हुन्छ भन्ने कुरा होइन। हामीलाई छिटो फाइदा कमाउने प्रवृत्ति बढेको कारण बढि मिसावट भएको जस्तो देखिन्छ।’

उनले उपभोक्ताको हितका लागि आफ्नो प्रयास सदैव सकरात्मक रहने वचन दिए। महासंघले नेपालीहरुको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रसाय गरेको भन्दै उनले सो प्रयासमासरकार सधैंसँगै रहेको बताए।

उनले भने,‘नेपाली उपभोक्ता संरक्षण महासंघ भनेर संस्थागत रुपमा संगठन गठन गरेर मुलुकभरको नेपालीहरुको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रसाय गर्नु भएको छ यसको लागि धन्यवाद छ र यो संस्थाको प्रयासमा नेपालि सरकार सँगै उभिन चाहान्छ।’

उनले हामी आफै शुद्धिकरण भएपछि मात्रै मिसावटविनाको सामान बजारमा आउन सक्ने भन्दै शुद्ध मनले सामग्री उत्पादन गनुपर्ने बताए। वर्तमान समाजमा छिटो फाइदा कमाउँने उद्देश्यले मिसावट वस्तु उत्पादन गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए।

यस्तै,उनले कार्यक्रममा जाँदा मायाको चिनो,सम्मान पत्र वितरण गर्नु भनेको फजूल खर्च भएको मान्यता व्यक्त गर्दै यस्तो सम्मान पत्रको भारी नबोगाई दिन पनि अनुरोध गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल