Birat Post बुधबार, भाद्र २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२७ भदौ । नेपाली सेनाका ४१ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिमबाट देशभर ३ हजार २८८ जना पुरुष तथा ६२८ जना महिला गरी कुल ३ हजार ९१६ जना सैनिकहरू दीक्षित भएका छन् ।

गत वर्ष २०७९ मंसिर १ गतेदेखि भएको तालिम सोमबार समापन भएको हो । यस अवसरमा सैनिक जवानहरूले बेग्लाबेग्लै तालिम केन्द्रहरुमा अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए । श्री नं १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी सरोज प्रताप राणा र श्री नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले कवाज निरीक्षण गर्नुका साथै सम्बोधन तथा उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए । तालिमरत शिक्षार्थीहरूको परिवारजनहरूको उपस्थितिमा तालिमको समापन कार्यक्रमहरू सञ्चालन भएको थियो ।

प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पुरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्ने क्रममा तालिम सम्पन्न गर्ने सैनिकहरुलाई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही हुन लागेकोमा बधाई दिँदै सैनिक जीवनमा सफलताको सुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’
रवीन्द्र मिश्रमाथि थपियो आपराधिक उपद्रको मुद्दा
राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन घोषणा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल