Birat Post आइतबार, भाद्र ३१, २०८० मा प्रकाशित

featured photo: Birat Post

भदौ, ३१ काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेका प्रावधानको विरोधमा आन्दोलन घोषणा गरेको नेपाल शिक्षक महासंघलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ ।

११ औँ राष्ट्रिय विज्ञान दिवस र राष्ट्रिय शिक्षा दिवसको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले वार्तामा आउन शिक्षक महासंघलाई आग्रह गरेका हुन् ।

‘विद्यार्थीको पठनपाठन असर गर्नेगरी गतिविधि गर्नु उपयुक्त होइन । विद्यार्थीको भविष्य हेर्नुपर्छ । शिक्षकको हक हितका विषयमा कुरा गर्न हामी तयार छौँ’, उनले भने ।

मन्त्रालयले संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक शिक्षकको हक हितविरुद्ध रहेको भन्दै शिक्षक महासंघले ३ असोजदेखि देशभरका विद्यालयमा पठन पाठन छाडेर सडक आन्दोलन गर्ने घोषणा गरेको छ ।

 

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल