Birat Post बिहिबार, आश्विन ११, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ असोज । कोसी प्रदेश सरकारले असोज १२ गते उराँव तथा झांगड समुदायलाई बिदा दिने निर्णय गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले असोज १२ गते करम धर्म पर्वको अवसरमा प्रदेशमा उराँव तथा झांगड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बैठकले कर असुलसम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने निर्णय गरेको छ। विभिन्न ६ वटा निर्णय गरेको बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई तोकेको छ।

यसअघि, सो भूमिकामा मन्त्री तिलकुमार मेन्याङ्बो थिए। बैठकले कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाका लागि नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय गरेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास राज्यबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ।

 

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल