Birat Post शनिबार, आश्विन २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी निरङ्कुशतावादले टाउको उठाउने खतरा रहेको तर्क गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित लेखक माओवादी सचिव राम कार्कीद्धारा लिखित ‘विकल्प’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीले बुर्जुवासँग कुनै सम्झौता गर्छ कि गर्दैन भन्ने प्रश्नमा सम्पूर्ण माक्र्सवादीले गहिरो गरी विचार नगरेमा दक्षिणपन्थी निरङ्कुशतावादले टाउको उठाउने खतरा रहेको बताएका हुन् ।

‘आन्दोलनभित्र जे जस्ता चुनौतीहरू देखा परेका छन् । त्यो परिस्थितिमा हामीले बुर्जुवाहरुसँग हामीले सम्झौता गरेर भएपनि देशलाई गणतन्त्रको युगसम्म लैजानु समावेशिताको युगसम्म लैजानु क्रान्तिकारी काम नै हो यदी त्यसो गरिएन भने विश्वमा क्रान्तिकारीता प्रदर्शन गर्दा कति अवसान भए त्यहि बाटो हुने खतरा छ । क्रान्तिकारी हो कि हैन क्रान्तिकारीले कुनै सम्झौता बुर्जुवासँग गर्दैनौं भन्नु हो । यो प्रश्नको सम्पूर्ण मार्क्सवादीले गहिरो गरी विचार गर्न आवश्यक छ ।’ उनले भने,‘विचार गरिएन भने हुनेवाला के छ भने हामीले क्रान्तिकारीताको कुरा गर्दै गर्दा साँच्चै दक्षिणपन्थी निङ्कुशतावादले टाउको उठाउने खतरा यो देशमा हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको भन्दै जनयुद्धलाई लिएर सकारात्मक र नकारात्मक दुवै टिका टिप्पणी हुने गरेको बताए । उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको छ जनयूद्ध गर्नु गल्ती थियो हिंसा थियो । त्यो अपराध थियो एकतर्फ यो तपाईहरुले सुनि राख्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गल्ती थियो त्यसलाई उल्ट्याउनुपर्छ भन्ने अर्को कोण छ र यो परिवर्तनको पक्षमा अन्तिम समय सम्म लडिराख्नुपर्छ भन्ने अर्को पक्ष छ । ’

अहिले देशमा राम्रो काम भएको नदेख्ने र नराम्रा काम मात्र देख्न प्रवृत्ति बढेको उनको भनाई छ । उनले नेतृत्व ईतिहास र जनताले आन्दोलन र संघर्षको बीचबाट जन्माउने उल्लेख गरे ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल