Birat Post शनिबार, आश्विन २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२० असोज ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता दीपक बहादुर सिंहले विद्युत विधेयकमा एमसीसीलगायतको उर्जा सम्बन्धीत परियोजनालाई समेट्ने गरी स्पष्ट नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘विद्युत विधेयक २०८०’, अन्र्तक्रिया कार्यक्रममा उनले भविष्यमा एमसीसी जस्तै उर्जा उत्पादन र विस्तारको क्षेत्रमा हुने परियोजनालाई समेत ध्यानमा राखेर अब बन्ने विधेयकमा स्पष्ट नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘आज जसरी एमसीसी सम्झौता भयो विभिन्न आरोप,प्रत्यारोप र सडमा अझै हल्ला भैराखेको छन् । यो विषयमा सरकारले स्पष्ट नीति बनाउनुपर्छ । एमसीसी जस्तै भारत,चीन र बंगलादेशले पनि भोलि परियोजना ल्याउछु भन्यो भने हामीले के गर्ने रु यसको नीति चाहिन्छ हामीलाई । गाइडलाइन प्रस्ट रुपमा राख्न सक्नुपर्छ ।’ उनले भने ‘चाहे कोही रुवाओस् वा हाँसोस त्योसँग हामीलाई मतलब होइन एउटै टार्गेट राष्ट्र र जनहित हुनुपर्छ ।’

साथै उनले माथिल्लो कर्णलीको विद्युत उत्पादनको प्रोजेक्टमा पहिला अनुमान गरिएको भन्दा सम्झौता गर्दा आयोजनाको क्षमता घटाएर सम्झौता गरेकोमा विधेयक बनाउँदा त्यसमा संशोधन गर्नुपर्नेमा जोड दिए ।

‘माथिल्लो कर्णाली आयोजनामा झन्डै ४ हजार १सय ८० मेगावट विद्युत त्यहाँबाट निकाल्न सकिन्छ भन्नुहुन्छ । त्यो पूर्ण क्षमता त्यति नै छ कि छैन त्यो मलाई थाहा छैन्। तर, त्यहि प्रोजेक्टलाई कुनै कम्पनीलाई नौ सय मेगावट विद्युत उत्पादन गर्ने सहमति गरी सम्झौता गर्नुभएको छ ।’ उनले भने ‘नेपाल सरकारले त्यो गर्न हुँदैन थियो । हिजोको दिनमा कुनैपनि दबाबमा आएर सम्झौता भएको भएपनि विधेयक बन्दा खेरी त्यो संशोधन गर्नुपर्छ । यसले देशलाई कति हानि गर्छ पूर्व मन्त्रीहरु, विज्ञहरु पनि निधक्क सँग राष्ट्र हितको पक्षमा ओकालत गर्नुपर्छ भन्ने मलाई राख्छ ।’

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल