Birat Post शनिबार, आश्विन २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको घोषणा गरे। प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा  १६८(५)  बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गरेका थिए। शुक्रबार दुवैजनाको पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान सनाखतका लागि बोलाएका थिए।

सनाखतमा कार्कीको पक्षमा बहुमत पुगेसँगै उनी मुख्यमन्त्री भएका हुन्।

कार्कीको पक्षमा कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीको पक्षमा हस्ताक्षर गरेका छन्।

 

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल