Birat Post शनिबार, आश्विन २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ असोज

विराटनगर स्थित राजबंशी चोकमा ६ महिनाअघि भएको सवारी दुर्घटनाका पीडितले प्रहरी प्रशासनका कारण न्याय पाउन नसकेको बताएका छन् । ठक्कर दिने मोटरसाइकल धनिलाई पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पक्राउ गर्न नसक्दा आफुले उपचारमा समस्या भोगिरहेको मोरङ बुढीगंगा गाउपालिका मानगढका शिवकुमार भट्टराई गुनासो पोखेका छन् । देव्रे गोडा पूर्णरुपमा अंगभंग भई हालसम्म पनि उपचारत रहेका उनले प्रहरीले गरेको बेवास्ताका कारण झन पीडा थपिएको बताएका हुन् ।

गत बैशाख २२ गते रानी इटहरी सडकखण्ड अन्तरगत राजबंशी चोकमा को.३९ प ७६०९ नम्बरको एफजेट भी थ्री मोटरसाइकल चालक नागेन्द्र राजबंशी (नदिन) ले को ६ प १६८२ नम्बरका मोटरसाइकल चालक शिवकुमार भट्टराइलाई ठक्कर दिएको थियो । सिसी क्यामेरा फुटेजका आधारमा पनि चालक नागेन्द्र राजबंशी (नदिन)को कमजोरी भएको देखिएको छ । सिसिक्यामेरा फुटेजको आधार र राजबंशीले समेत घटनामा कमजोरी भएको स्विकार गरेपछि उपचारखर्च बेहोर्ने सहमति मोरङ प्रहरी समक्ष भएको थियो ।

पिडित भट्टराइको देव्रे गोडा पूर्णत कामलाग्ने अवस्थामा छैन । हाल पनि उनी नोवेल अस्पतालमा उपचार गर्दै घरबाटै आउने, जाने  गरिरहेका छन् । आर्थीक अभावका कारण गोडामा राखिएको स्टिल निकाल्न नसकेको उनको गुनासो छ । ठक्कर दिने राजबंशी माओवादी निकट रहेको र प्रचण्डका ज्वाइ जीवन आचार्यको ठाडो आदेशमा प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेको पनि बुझिएको छ । ठक्कर दिने राजबंशी फरार रहेको र फुर्सद भएपछि पक्राउ गर्ने खालको अभिव्यक्ति प्रहरीले दिएपछि पिडित परिवार न्यायको खोजिमा भौतारिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल