Birat Post बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ कात्तिक । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाली काँग्रेस निकट बुद्धिजीवी पुरञ्जन आचार्य नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विराटनगर ८ का आचार्यलाई योजना आयोगको अध्यक्षमा नियुक्त गरेको हो । विराटनगर घर भएपनि उनी वर्षौदेखि काठमाडौंमै बस्दै आएका छन् ।

राजनीतिक विश्लेषकको रुपमा चिनिने आचार्य नेपाली कांग्रेसमा डा.शेखर कोइराला निकट बुद्धिजीवी हुन् । उनले कांग्रेसको आन्तरिक राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे लेख रचना लेख्दै आएका छन् । उनी काँग्रेसको गत महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

आचार्यले नेपाल रेडक्रस सोसाइटीको प्रोजेक्ट मेनेजरको रुपमा काम गरेका थिए । उनी प्लान इन्टरनेशनलको टिम लिडरसमेत रहेका थिए । आचार्यलाई नियुक्त गरि मुख्यमन्त्री कार्कीले सपथसमेत गराएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल