Birat Post शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,२४ कात्तिक । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन्। भावी प्रधानसेनापतिका रुपमा हेरिएका उनले उमेर विवादका कारण शुक्रबार राजीनामा दिएका हुन्।

पाण्डले राजीनामा दिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले पुष्टि गरे। भण्डारीले उनको राजीनामा स्वीकृतिका लागि रक्षा मन्त्रालय पठाइएको जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन गर्न निर्देशन दिएसँगै उनको उमेर विवादबारे छानबिन गर्न नेपाली सेनाले समिति बनाएको थियो। समितिको छानबिनबाट उनले जन्ममिति घटाएको पाइएपछि उनले राजीनामा दिएका हुन्।

उनले नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुई वर्ष उमेर घटाएको पाइएको थियो। उनले उमेर घटाएर दुईवटा नागरिकता लिएको र जन्ममिति फरक–फरक रहेको पाइएपछि उनी विवादमा तानिएका थिए।

प्रधानसेनापति प्रभुराम शर्माले आगामी वर्षको भदौमा अवकाश लिएपछि पाण्डेलाई प्रधानसेनापति बनाउने गरी बढुवा प्रकृया अघि बढाइएको थियो।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल