Birat Post शनिबार, मंसिर २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,२३ मंसिर । धर्मगुरु आचार्य श्री निवासले आफू कुनै पार्टी र व्यक्तिबाट सञ्चालित नरहेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लाग्ने गरेको आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् । उनले देशमा कसैको राजनीतिक यात्रा सहज हुने गरी मौलिक धर्म संस्कृतिमाथि खेलबाड गर्ने ब्यवस्था र परिवेश आएको टिप्पणी गरे । यस विषयमा चिन्तित हुन जरुरी रहेको उनको भनाई छ ।

दिपावलीका दिनसमेत आफ्नो आँखाको सामू गौहत्या भएको बताउँदै उनले दुर्गा प्रसाईँले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा त्यस घटनाले आफूलाई आक्रोसित बनाएको उनले बताए । आफू धर्म गुरु भएकाले धर्म मासिँदै गरेको हेर्न नसक्ने उनले बताए ।

आफूलाई कुनै पार्टी वा ब्यक्तिबाट सञ्चालित हो भन्ने पुष्टि गरे धर्म गरु बनेर नबस्नेसमेत उनले बताए । उनले भने, ‘कुनै पार्टीको, कुनै व्यक्तिबाट सञ्चालित हो भन्ने पुष्टि गर्नुहुन्छ भने म आजैबाट धर्मगुरुको यो भेष खोलेर ब्यक्तिगत जीवन बाँचेर हिँड्न तयार छु ।’

कतिपयले राष्ट्रिय प्रजातन्त्र पार्टीको र कतिले दुर्गा प्रसाईँको मान्छे भएको आरोप लगाएको भन्दै उनले आपत्ति जनाए । धर्मको रक्षाका लागि केवल उनीहरुले गरेको निमन्त्रणालाई स्वीकार गरेको उनको भनाई छ ।

उनले भने, ‘कहिलेकाहीँ राजेन्द्र लिङ्देनजीलाई धर्मको कुरा गरेको भरमा सघाउँदा मलाई कतिपयले राप्रपाको भन्दिन्छन् । कतिपयले दुर्गा प्रसाईँको अभियानमा निमन्त्रणा स्वीकार गर्दा दुर्गा प्रसाईँको मान्छे भन्दिन्छन् । तर, म धर्म, राष्ट्र, राष्ट्रियता, सभ्यता, गौमाताको रक्षा र धर्म परिवर्तन विरुद्धको विषयलाई लिएर अहोरात्र रक्षक भएर काम गर्दै आएको छु ।’

नेपाल धर्मसापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने र गौहत्या बन्द हुनुपर्ने भन्दै उनले धर्म, संस्कृति र गौरक्षाका लागि आफू निरन्तर लागिरहने बताए । आफूलाई कतिपयले विवादित, विवादास्पद र आतंककारी धर्म गुरुसमेतको आरोप लगाएको भन्दै उनले आपत्ति जनाए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल