Birat Post बुधबार, मंसिर २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २७ मंसिर ।
उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुका लागि वाह्र दिने उर्जा दक्षता अभिवृद्धि तालिम विराटनगरमा सुरु भएको छ ।

तालिमको प्रारम्भ गर्दै संगठनका अध्यक्ष  राकेश सुरानाले उद्योग प्रतिष्ठानको उत्पादकत्व र वस्तुको गुणस्तरप्रँविधिकहरुमा निर्भर रहने भएकाले उर्जा दक्षता  तालिमको आयोजना गरिएको वताए । उनले उद्योगहरुले प्राप्त उर्जाको व्यवस्थापन गरी त्यसबाट वढी भन्दा वढी लाभ लिनसके उद्योगको उत्पादन खर्च कटौतिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उद्योगहरुको लागि आवश्यकदक्ष प्राविधिकको विकासलाई मध्यनजर गरी यसप्रकारको तालिम आयोजनालाईभविष्यमा पनि निरन्तरता दिने अध्यक्ष  सुरानाले वताए ।

इन्स्योर परियोजनाका कोशी प्रदेश प्रमुख संजव कुमार राईले परियोजनाले आगामी दिनमा उद्योग प्रतिष्ठानका आवश्यकता अनुरुप नया क्षेत्र  पहिचान गरी सोही आधारमा पाठयक्रम विकास गरी थप तालिम संचालन गरिने जानकारी दिए । दक्ष जनशक्तिले उद्योगको उत्पादकत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस प्रकारको तालिम आवश्यक रहेको औल्याए ।

तालिमका प्रशिक्ष्ँक संजय कुमार साहले तालिम अवधिमा प्राविधिकहरुलाई उर्जा खपत न्यूनिकरणका उपायहरु, खेर गईरहेको उर्जा नियन्त्रण तथा मेशिनको प्रयोग र संचालन विधि, प्राप्त उर्जाको समूचित उपयोग एवं व्यवस्थापन, उर्जा दक्ष्ँता पद्धती र महत्वका विषयमा सिकाईने वताए । १२ दिनसम्म संचालन हुने तालिमका विभिन्न उद्योग प्रतिष्ठानका २० जना प्राविधिकहरुको सहभागिता रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल