Birat Post सोमबार, पुष ०९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,९ पुष । नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीको राजिनामाको माग गर्दै संसद भवन घेराऊ गरिने भएको छ। मन्त्री किरातीको राजिनामा माग गर्दै सनातन धर्मालम्बीहरुले आज दिउँसो १ बजे, संघीय संसद भवन, नयाँ बानेश्वर घेराऊ गर्न लागेका हुन्।

‘मरे बलिदान, बाँचे स्वाभिमान, सनातन संस्कृतिको रक्षा, हाम्रो अभियान’ भन्ने मुल नारासहित संसद भवन घेराउ गर्न लागिएको  नेपाल सनातन धर्म-संस्कृति संगठनका संयोजक पुष्पराज पुरुषले जानकारी दिए।

उनका अनुसार सनातन संस्कृतिको खुलेआम विरोध गर्दै अमुक पन्थको प्रवक्ता बनी प्रचार गरेपछि मन्त्री किरातीलाई मन्त्रीपरिषद् पदबाट बर्खास्त गराउन संसद भवन घेराउ गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो।

मन्त्री किरातीले केही दिन अघि ‘क्रिश्चियन धर्म नमान्ने संविधान विरोधी हुन्, संविधानको विरोध गर्नेलाई जेल हाल्ने’ जस्ता गैरजिम्मेवार अभिब्यक्ति दिएका थिए। जसको अहिले चौतर्फी विरोध भइरहेको छ। मुख्य गरी सनातन हिन्दु धर्मालम्बीहरुले उनको चर्को आलोचना गर्दै निरन्तर राजिनामाको माग गरिरहेका छन्।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल